स्वस्तिमाको सफलता

नारी संवाददाता

असार २४, २०७६

नेपाली कथानक चलचित्र ‘बुलबुल’की अभिनेतृ स्वस्तिमा खड्काले सार्क फिल्म फेष्टिवलमा अवार्ड हात पारेकी छन् । सार्क फिल्म फेष्टिवलमा ‘बुलबुल’की अभिनेतृ खड्काले  ‘वेष्ट पफर्मर जुरी अवार्ड २०१९’ आफ्नो पोल्टामा पारेकी हुन् ।

फेष्टिवलमा सहभागीता जनाउन श्रीलंका पुगेकी अभिनेतृ खड्काले उक्त अवार्ड जितेसँगै आफ्ना फ्यानसँग खुशी साटेकी छिन् । विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’मा स्वस्तिमाका साथमा  नव–अभिनेता मुकुन भुषालले शिर्ष भूमिकामा रहेर अभिनय गरेका थिए । 

सार्क फिल्म फेष्टिवलमा नेपालबाट फिचर फिल्म ‘बुलबुल’ सँगै ‘हरि’ र ‘प्रसाद’ले सहभागीता जनाएका थिए । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्