कान्ति बाल अस्पतालमा युरो ओपीडी सेवा 

नारी संवाददाता

असार ६, २०७६

कान्ति बाल अस्पतालले युरोलोजी ओपीडी सेवा संचालनमा ल्याएको छ । अस्पतालमा गत महिनादेखि नै ओपीडी सेवा संचालनमा आएको हो जहाँ पहिले जनरल फिजिसियनले नै जाँच गर्दै आएका थिए ।

अस्पतालमा बिरामीको चाप बढेपछि छुट्टै ओपीडी सेवा उपलब्ध गराउन थालिएको हो । युरो ओपीडी सेवा मंगलबार र शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म संचालन हुनेछ ।

उक्त युरो ओपीडीबाट एक दिनमा १५ जनाभन्दा बढीले सेवा लिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्