परिवर्तनका लागि संसद्मा महिला

नारी संवाददाता

असार ५, २०७६

विश्वमा अझ धेरै महिला सांसदको आवश्यकता भएको राष्ट्र संघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् । विश्व संसद्वादको सन्दर्भमा दिएको सन्देशमा उनले संसद्मा महिलाहरूको उपस्थिति बलियो हुँदा मात्र उनीहरूको अवस्था परिवर्तन हुने बताए । 

गुथ्रेसले आफ्नो सन्देशमा भनेका छन्–‘अझै पनि विश्वका संसद्हरूमा पुरुष सांसदकै बाहुल्यता छ, ती स्थानमा अब बढीभन्दा बढी महिला सांसद हुन जरुरी छ । यसबाट मात्र विश्वमा महिलाको वर्तमान अवस्थामा सकारात्मक परिवर्तन आउनेछ । 

राजनीतिमा महिला सहभागिता बढेको भन्दै उनले संख्यात्मक रूपमा हेर्दा यसको अवस्था सन्तोषजनक भए पनि संसद्मा महिलाको सहभागिता भने बढाउन नसकिएको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्