नेपाली महिला र परिवर्तन

नारी संवाददाता

असार ५, २०७६

 

२००९ सालमा १ हजार सात जना नेपाली महिलाले मात्र अक्षर चिनेका थिए । २०६८ मा त्यो संख्या बढेर ५ सय ७४ पुग्यो । महिला सशक्तीकरण अभियानमा ५० वर्ष बिताएकी चाँदनी जोशी साक्षरताको यो दरले नेपाली जागृतिको तस्बिर देखाउने कुरा बताउँछिन् । उनका अनुसार पढेका महिला भएको परिवारले पोषण पाउँछ, स्वास्थ्य अवस्था सुध्रन्छ । पछिल्लो २५ वर्षमा पनि नेपाली महिलाले शिक्षामा फड्को मारेका छन् । २०४८ मा २५ प्रतिशत रहेको महिला साक्षरता अहिले ५७ प्रतिशतभन्दा माथि छ । स्नातक गर्ने महिला ३३ प्रतिशत पुगेका छन् । 

प्राविधिक शिक्षामा यही अनुपातमा भएको वृद्धिले देशको स्वास्थ्यस्थितिमा प्रगति भएको छ । सन् १९९० ताका १ लाख शिशु जन्माउँदा ७ सय ९० आमाको मृत्यु हुन्थ्यो भने २०१३ मा आइपुग्दा त्यो संख्या १ सय ९० मा झर्‍यो । यो संख्यालाई २०१५ सम्ममा २ सय १३ मा झार्ने सहस्राब्दी विकास लक्ष्य दुई वर्षअघि नै पूरा गरेर नेपाल संयुक्त राष्ट्रसंघबाट पुरस्कृतसमेत भयो । १९९० ताका दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति गराउने दर ७ प्रतिशत रहेकोमा २०१३ मा आइपुग्दा ५० प्रतिशत पुग्यो । 

२०१५ सम्ममा ६० प्रतिशत पुर्‍याउने सहस्राब्दी विकास लक्ष्य टाढा छैन । सन् १९८४ तिर नेपालमा एउटी महिलाले औसतमा पाँच वटा सन्तान जन्माउँथिन् । यो दर २०१० मा २ दशमलव ६ प्रतिशतमा झर्‍यो । सुत्केरी हुन अस्पताल जाने र त्यसपछि पनि चिकित्सकीय सेवा लिइरहने चलनसँगै महिलाको औसत आयु समेत बढेको छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्