मिसेस् नेपाल ग्ल्यामको टाइटल मिनुलाई

नारी संवाददाता

असार ४, २०७६

‘मिसेस नेपाल ग्ल्याम–२०१९’को ताज मिनु प्रधान श्रेष्ठले जितेकी छन् । कोटेश्वर निवासी मिनुले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि उचालेकी हुन् । 

प्रतियोगितामा सोनिका कार्की फष्ट रनरअप हुादा प्रज्ञा श्रेष्ठ सेकेन्ड रनरअप भइन् । ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सोनिकाले बेष्ट र्याम्प वाक र मोष्ट ट्यालेन्ट उपाधिसमेत हात पार्द प्रज्ञा फेसबुक च्वाईस र युट्युव मोष्टम्युज विजेता बनिन् ।

अञ्जु खड्का राई बेस्ट पर्सनालिटी उपाधिसहित थर्ड रनर अप भइन् । विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्यले आयोजना गरिएको आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले जनाएको छ । 

निर्णायकमा अभिनेता रमेश बूढाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवाल, संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इंटरनेशनल तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी थिए ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्