खेलाडी नम्रता

नारी संवाददाता

असार २, २०७६

अभिनेत्री नम्रता श्रेष्ठले हालसम्म अभिनय गरेका चलचित्रमा फरक–फरक भूमिका निर्वाह गरिरहेकी छिन् । उनले अभिनय गरेका प्रायः सबै चरित्रलाई दर्शकले मन पराएका छन् । यतिबेला उनी खेलाडीका रूपमा दर्शकमाझ आउने तयारी गर्दैछिन् ।

भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र जाइरामा उनको लुक्स नै भिन्न देखिएको छ । छोटो कपाल तथा पातलो ज्यानमा उनी साँच्चिकै खेलाडी देखिएकी छिन् । चलचित्रमा उनलाई मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत गरिएको छ ।

आशुतोषराज श्रेष्ठद्वारा निर्देशित यो चलचित्रमा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि तथा रेमनदास श्रेष्ठ महत्वपूर्ण भूमिकामा छन् । यही चलचित्रबाट रजतपटमा आउन लागेकी नयाँ अनुहार श्रृजना रेग्मीले पनि चलचित्रमा खेलाडीकै भूमिका निर्वाह गरेकी छिन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्