क्रिष्टिनालाई उपाधि

विष्णु सुब्बा

जेष्ठ २४, २०७६

इकोम मिस एसईई प्रदेश नम्बर–१ को उपाधि झापा, मेचीनगरकी क्रिष्टिना ताम्रकारले जितेकी छिन् । बिर्तामोडमा भएको ग्रान्ड फिनालेमा आफ्ना प्रतिस्पर्धीहरूलाई उछिन्दै उनले यो वर्षको उपाधि जितेकी हुन् ।

प्रतियोगिताको फस्ट रनर्सअप बिर्तामोडकी प्रिसा खरेल तथा सेकेन्ड रनरअप बिर्तामोडकै अनुमा राई घोषित भए । 

ड्रिम्स वर्ल्ड इन्टरटेन्टमेन्टले आयोजना गरेको यो प्रतियोगितामा प्रदेश नम्बर–१ का ३४ जना किशोरी सहभागी थिए भने फिनालेको मुख्य निर्णायक मिस नेपाल अर्थ–२०१८ प्रिया सिग्देल थिइन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्