सिर्जुको फुल्नै नदिई कोपिला झार्नेहरु

नारी संवाददाता

जेष्ठ २२, २०७६

गायिका सिर्जु अधिकारीको नयाँ गीत बजारमा आएको छ । ‘फुल्नै नदिई’ बोलको सार्वजनिक गीतमा गायनमा सिर्जुलाई गायक प्रकाश चन्दले साथ दिएका छन् ।  गीतमा भरत आर.सीको शब्द तथा भद्र नकलको लय शंकलन रहेको छ । 

गीतको म्यूजिक भिडियोमा लेखक तथा अभिनेता जीवन थापा, रिया कार्की, रामचन्द्र धिमाल, तिलक थापा, सन्तोष थापा, पुजन आचार्य लगायतको अभिनय छ । 

भिडियो छायांकन उमेश कार्कीले गरेका छन् । ललित सिंह साउदले सम्पादन गरेको भिडियो गणेश उपाध्यायले निर्देशन गरेका छन् । 

भिडियो भोजपुरको अरुण गाउँपालिका र धनकुटाको विभिन्न ठाउँमा छायांकन गरिएको छ ।

सिर्जुले लोक गीतका साथै थुप्रै आधुनिक गीतमा समेत स्वर दिएकी छिन् । उनले कयौं गीतमा संगीत समेत दिएकी छिन् । विभिन्न गीतका म्यूजिक भिडियोमा अभिनय गरेकी सिर्जु कुशल मोडल समेत हुन् । 

गीतको म्यूजिक भिडियो :

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्