पचास विशेष नेतृत्वकर्ताको सूचीमा 

नारी संवाददाता

जेष्ठ १३, २०७६

अमेरिकाको फर्च्युन म्यागजिनले यो वर्ष घोषणा गरेको विश्वका ५० जना महिला नेतृत्वकर्ताको सूचीमा मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनीता दनुवार पनि समावेश छिन् । मानव बिचेबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्ष दनुवार विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) मा परेकी हुन् ।

अमेरिकाको प्रख्यात पत्रिका ‘फर्च्युन म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीमा उनलाई ३६ औं नम्बरमा राखेको छ । मानव बेचबिखनविरुद्ध गरेको सशक्त कामले दनुवारलाई यो सूचीमा पारेको म्यागजिनले जनाएको छ ।

१४ वर्षको उमेरमा भारतको वेश्यालयमा बेचिएकी दनुवार ६ महिनापछि त्यहाँबाट मुक्त हुन सफल भएकी थिइन् । शक्ति समूहले अहिलेसम्म बेचिएका २० हजारभन्दा बढी महिलाको उद्धारमा सघाएको म्यागजिनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्