म्युजिक भिडियोबाट चलचित्रमा

नारी संवाददाता

जेष्ठ ९, २०७६

दुई सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका पुष्प खड्काले चलचित्र ‘अझै पनि’ बाट डेब्यु गरेका थिए । निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र दर्पण छायाँ–२ को मुख्य भूमिका निर्वाह गरे पनि ती दुवै चलचित्रबाट उनको कुनै परिचय स्थापित हुन सकेन ।

पुष्पलाई चलचित्रमा सफल हुनु थियो, उनले हार खाएनन्, चलचित्र मंगलम्मा उनले प्यारालाइसिस भएका युवकको भूमिका निर्वाह गरेका थिए जसमा उनको अभिनयको चौतर्फी प्रशंसा भयो । करिअरको टर्निङ प्वाइन्ट बनेर आएको ‘मंगलम्’ पछि उनले आफ्नो करिअरमा पछाडि फर्किएर हेर्नुपरेको छैन । महको दाल भात तरकारीमा उनको प्रमुख भूमिका रह्यो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्