प्रहरी अस्पतालमा शिशु स्याहार केन्द्र 

नारी संवाददाता

जेष्ठ ६, २०७६

गत महिना नेपाल प्रहरी अस्पतालको ३५ औं वार्षिकोत्सव सम्पन्न भयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिशु स्याहार केन्द्र तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको भिआइपी कक्षको उद्घाटन गरे । वि.सं. २०४० साल चैतमा २५ शय्याबाट सुरु भएको यो अस्पतालमा अहिले १ सय ५० शय्या छन् ।

अस्पतालमा उत्कृष्ट सेवा–सुविधामा जोड दिन महानिरीक्षक खनालले आग्रह गरे । प्रहरी तथा प्रहरीका आश्रित परिवारको उपचार गर्दै आएको अस्पतालले गत वर्षदेखि सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यो अस्पतालले आकस्मिक, बहिरंग, अन्तरंग तथा अन्य सेवा प्रदान गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्