हिमालयन रिमठिम

नारी संवाददाता

जेष्ठ ५, २०७६

सांसद नवीना लामा रेस्टुराँ व्यवसायमा लागेकी छिन् । सांसद लामासहित अनेरास्ववियुकी सचिव आरती लामा, विद्यार्थी नेतृ कल्पना वाइबा, आश्मा क्षेत्री तथा अवानी पौडेलको संयुक्त लगानीमा मीनभवनमा हिमालयन रिमठिम क्याफे सञ्चालनमा छ ।

उक्त क्याफेको उद्घाटन एसिड प्रहारमा परेकी संगीता मगरले रिबन काटेर गरेकी हुन् । स्थानीय परिकार पस्कने गरी सञ्चालनमा आएको यो क्याफेमा फलफूलदेखि कपडा, ह्यान्डिक्राफ्ट, बेडसिट आदि पनि बिक्रीमा राखिएको छ ।

क्याफेमा रामेछापदेखि जुम्लामा उत्पादन हुने स्थानीय उत्पादनका परिकार पस्कने सांसद लामाले जानकारी दिइन् । यहाँ फापरको रोटीदेखि ढिँडो तथा कालिजको मासुसम्म पाइन्छ । लामा भन्छिन्–‘हिमालयन रिमठिमको मुख्य विशेषता भनेकै स्थानीय उत्पादनलाई प्राथमिकता दिनु हो ।’ 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्