मिस नेपाल नर्थ अमेरिका न्युयोर्कमा 

नारी संवाददाता

वैशाख २८, २०७६

विश्वकै समृद्ध सहर न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका–२०१९ सञ्चालन हुने भएको छ । उक्त प्रतिस्पर्धा आगामी अगस्ट १७ मा मेलरोज बलरुममा हुने बताइएको छ । 

गत वर्ष न्युयोर्कका नगर परिषद सदस्य कोस्टा कन्सटान्टिनिडेसको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम मिस नेपाल नर्थ अमेरिका–२०१८ को कोरियोग्राफी मिस नेपाल–२०१० सदिक्षा श्रेष्ठले गरेकी थिइन् ।

उक्त प्रतियोगिताका लागि १८ देखि २७ वर्षसम्मका अविवाहित, ५ फुट २ इन्चसम्म अग्ला, उच्च माध्यमिक उत्तीर्ण, उत्तर अमेरिका निवासी नेपाली मूलकी युवती हुनुपर्ने बताइएको छ ।

यो प्रतिस्पर्धा उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले सञ्चालन गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्