पुर्व राष्ट्रपतिपुत्री अनिता भन्छिन् - प्रत्यक्ष राजनीतिमा आउन सक्ने सम्भावना छ

नारी संवाददाता

वैशाख २५, २०७६

पूर्व राष्ट्रपति डा. रामवरण यादवकी कान्छी छोरी अनिता यादवको यहि बैशाख २३ मा बिहे भएको छ । रौतहटका इञ्जिनियर रमेश यादवसँग लगन गाँठो कसेकी अनिता घर–परिवारको सहमतीमा बिहे बन्धनमा बाँधिएकी हुन् । उनै अनिताबारे केहि रहस्य र तथ्य यस्ता छन्, जुन तपाईलाई थाहा नहुन सक्छ ।

- उनका बुबाको नाम रामबरण यादव, आमाको नाम जुलेखा यादव हो । उनि माथि दुई दाई छन्, डा. चन्द्रमोहन यादव र चन्द्रशेखर यादव ।

-  अनितालाई सरल जीवन जिउन मन पर्छ, ठूला–ठूला रेस्टुराँ, क्याफे छिर्न रुचाउँदिनन् ।

-  काठमाडौंमा हुँदा साइकल र जन्मथलो जनकपुर पुग्दा रिक्सा चढ्न खुबै मन पर्छ, उनलाई ।

-  अनितालाई मन पर्ने पहिरन क्याजुअल हो, त्यो बाहेक अरु प्रकारका डे«स कमै मात्रामा लगाउँछिन् ।

खाजामा मःम भए अनितालाई केहि चाहिँदैन ।

-  उनलाई जनकपुरको स्थानिय परिकार छोलामुरी असाध्यै मन पर्छ ।

-  अनिता नियमित खानपानमा निकै सचेत छिन् । बढी खायो भने मोटोपन बढ्छ, इन्द्रियहरूमाथि नियन्त्रण गर्न सकिँदैन भन्ने उनको मान्यता छ ।

-  अनिता रेगुलर बिहान ६ बजे ब्युँझिन्छिन् ।

-  जगिङ, शारीरिक अभ्यास र योग नियमित गर्दै आएकी उनले विहान उठ्नेबित्तीकै एक–दुई गिलास पानी पिएपछि लेमन चिया पिउँछिन् ।

-  उनलाई ग्रिन टी एकदम मन पर्छ, हरेक दिन ५ कप सम्म ग्रिन टि पाउँछिन् ।

-  फुर्सदमा शान्तसँग कोठामा बस्ने, संगीत सुन्ने, पुस्तक पढ्ने तथा चलचित्र हेर्ने बानी छ ।

-  मुडअनुसार हिन्दी, अंग्रेजी, नेपाली सबै खाले गीत सुन्छिन् ।

-  अनितालाई अन्जु पन्तको नर्बिर्से तिमीलाई, नपाए तिमीलाई सबैभन्दा मनपर्ने गीत हो

ओशो र गान्धीका पुस्तकहरूले उनलाई आकर्षित गर्छ ।

-  अनिता योग शिक्षक पनि हुन् ।

-  केमेन्डिस कलेजबाट फेसन डिजाइनिङमा स्नातक तथा युनिभर्सिटी अफ सरेबाट हेल्थ एन्ड पोलिसीमा स्नातकोत्तर गरेकी उनि ८ वर्ष बेलायतमा बसेर नेपाल आएकी हुन् ।

-  अनितालाई सामसुङको मोबाइल प्रयोग गर्न सहज लाग्छ । उनि सामाजिक सञ्जालमा पनि सक्रिय छिन् ।

-  उनि सामाजिक काममा पनि उत्तिकै सक्रिय रहने गरेकी छिन् ।

-  ब्रान्डेड सामान नै प्रयोग गर्नुपर्छ भन्ने लाग्दैन, मनलाग्दा सस्तो सामान पनि किन्ने अनिताको बानी छ ।

जिन्स र टिसर्टमा हिँड्न निकै मन पर्ने अनितालाई सारी र लेहेंगा पनि उत्तिकै मनपर्छ ।

-  लिपिस्टिक र गाजल प्राय छुटाउँदिनन्, हरेक महिना ब्युटिपार्लर जान्छिन् ।

-  पूजाआजामा पनि निकै रुचि लाग्छ ।

-  बुबा राष्ट्रपति भएपछि चीन, जापान, कतार, कुवेत आदि देश घुमेकी उनलाई जनकपुर सबैभन्दा प्यारो लाग्छ ।

-  राति १० बजेतिर ओछ्यानमा पुग्ने उनको सेडुअल छ । गीत सुन्दै, पुस्तक पढ्दै गर्दा ११ बजिसकेको हुन्छ अनि सुत्छिन् ।

-  अनिता इन्ट्रेस्ट बढ्दै गए प्रत्यक्ष राजनीतिमा आउन सक्ने बताउँछिन् । राजनीतिमा स्थापित हुन धेरै मेहनत गर्नुपर्छ, दुःखकष्ट सहन सक्नुपर्ने भएकाले यी सबै कुरा हुन हृदयदेखि नै चार्म आउनुपर्छ, अहिले उनले त्यो चार्म आफुमा नभएको बताउँछिन् ।

(अनिता यादवसँग बकेहि समय गरिएको कुराकानीबाट)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्