मन पर्ने  रंगअनुरूप स्वभाव

नारी संवाददाता

वैशाख २५, २०७६

पहेंलो

जसको फेभरेट कलर एलो हुन्छ उनीहरू अत्यन्त व्यवस्थित हुन्छन् । यही स्वभावका कारण उनीहरू वरपरका सबै वस्तु व्यवस्थित राख्न रुचाउँछन् । 

    उनीहरूलार्ई त्यस्ता व्यक्ति मन पर्छन् जो आफूजस्तै व्यवस्थित स्वभावका हुन्छन् । 

    यिनीहरू मोज–मस्ती गर्न रुचाउँछन् । त्यसैले उनीहरूलार्ई आफूजस्तै मानिसको साथ चाहिन्छ । उनीहरू सधैं हँसमुख रहन्छन् । 

    उनीहरू सोच–विचार नगरी निर्णय गर्दैनन् वा कुनै निष्कर्षमा पुग्दैनन् । 

    पहेंलो रंग मन पराउने व्यक्ति अल्छी पनि हुन्छन् । उनीहरूलार्ईधेरै काम गर्न मन लाग्दैन । 

    उनीहरूको स्वभाव सकारात्मक र आशावादी हुन्छ । 

    त्यति फेसनेबल हुँदैनन् । 

    जीवनप्रति उनीहरूकोदृष्टिकोण सकारात्मक हुन्छ तैपनि कतिपय अवस्थामा जोखिम उठाउनुपर्ने हुन्छ ।

 

नीलो

यो रंग मन पराउने व्यक्ति बहुमुखी प्रतिभाका धनी हुन्छन् । । 

    आफ्नो जीवनलार्ई आफ्नै नियम र मूल्य–मान्यताअनुसार अघि बढाउँछन् । यद्यपि कहिलेकाहीँ आफ्ना नियम एवं मूल्य–मान्यतामा समेत परिवर्तन ल्याउँछन् । 

    आफू वरपरका मानिसलार्ई खुसी राख्न जान्दछन् । 

    केही रुढिवादी हुन्छन् । यसकारण नयाँ प्रयोग तथा नयाँ कुरालार्ई सहज रूपमा स्वीकार गर्दैनन् । 

    कसैमाथि चाँडै विश्वास पनि गर्दैनन् । 

    अत्यन्तै शान्त स्वभाव हुन्छ तर हरेक स–साना कुरामा चिन्ता गर्छन् । 

    यिनीहरूलार्ई सुखी जीवन अत्यन्त मनपर्छ । आफ्नो यही बानीका कारण महँगा वस्तुतर्फ आकर्षित हुन्छन् । 

    नीलो रंग मन पराउने व्यक्तिहरू अरूमाथि निर्भर हुन वा कसैको सहयोग लिन रुचाउँदैनन् । 

कालो

एक्लै बस्न मन लाग्छ ।

    एक्लै बसे पनि मनमा निराशा छाउँदैन ।

    आफ्नो भावनालार्ई अरूसामु सहज रूपमा व्यक्त गर्दैनन् । 

    कालो रंग मन पराउनेहरूलार्ई आफ्नो मान–सम्मान एवं प्रतिष्ठाको निकै चासो हुन्छ । 

    स्वतन्त्र विचारधाराका हुन्छन् । त्यसैले स्वतन्त्र रहन रुचाउँछन् । 

    स्वभावले रिसालु हुन्छन् । आफ्नो पोजिसनसित खेलवाड गरेको पटक्कै मन पराउँदैनन् । त्यसैले त्यस प्रकारका मानिससित पनि टाढै रहन खोज्छन् । 

सेतो

यो रंग शालीनताको प्रतीक हो । जसको फेभरेट कलर सेतो हुन्छ उनीहरूलार्ई शालीन जीवन जिउन मन लाग्छ । 

    सादा जीवन र उच्च विचार मन पराउँछन् । कतिपय अवस्थामा मुडी खालका हुन्छन् । 

    उनीहरूलार्ई अरूमाथि निर्भर हुन मन लाग्दैन । 

    भीडभाडभन्दा पनि एक्लै बस्न रमाउँछन् । 

    हरेक काम योजनाबद्ध तरिकाले पूरा गर्छन् । 

    लामो समयसम्म आफ्नो परिवार तथा मित्रजनसित रिसाएर बस्न सक्दैनन् । 

    लजाउने स्वभावका कारण धेरै जनासित मित्रता राख्दैनन् । 

    झैझगडा तथा प्रतिस्पर्धाबाट टाढै रहन्छन् तर अरूको आलोचना गर्न पनि पछि हट्दैनन् । 

खरानी

सेतो र कालो रंगको संयोजनबाट तयार हुने भएकाले यसमा दुवै रंगको विशेषता हुन्छ । 

    जसको फेभरेट कलर ग्रे हुन्छ उनीहरू जीवनको खुसी, समस्या आदिलार्ई गम्भीरतापूर्वक लिँदैनन् । 

    सम्झौतावादी स्वभावका हुन्छन् । 

    पार्टी, समारोह आदिमा सेन्टर अफ अट्रेक्सन बन्न रूचाउँदैनन् । 

    सही समयमा सही निर्णय गर्न नसक्नु नै यिनीहरूको सबैभन्दा ठूलो कमजोरी हुन्छ । 

    न कसैको साथ लामो समयसम्म कायम राख्न रुचाउँछन्, न कसैसँगको मित्रता र वैरभाव नै मन पर्छ । 

हरियो 

कुनै पनि काम विचारै नगरी हतारमा गर्छन् । 

    सोच सकारात्मक हुन्छ । 

    बहस गर्नु र जित्नु यिनीहरूको विशेषता हो । 

    जोखिम उठाउन त्यति रुचाउँदैनन् । त्यसैले हरेक काममा सतर्कता अपनाउँछन् । 

रातो

जसको फेभरेट कलर रातो हुन्छ, उनीहरू शारीरिक रूपमा सक्रिय तथा उत्साहित हुन्छन् । 

    यिनीहरूलार्ई का म गर्न अत्यन्त मन लाग्छ । 

    हिम्मत, साहस एवं हौसलाको कमी हुँदैन । जीवनका हरेक चुनौती डटेर सामना गर्छन् । 

    उनीहरूको लक्ष्य स्पष्ट हुन्छ । आफ्नो लक्ष्य पूरा गर्न कुनै पनि हदसम्म जान सक्छन् । 

    यिनीहरूको सबैभन्दा ठूलो कमजोरी रिस हो । 

    धैर्यको पनि कमी हुन्छ । त्यसैले हरेक काम हतारमा गर्छन् । 

पिंक

यो रंग रुचाउने मानिस आन्तरिक रूपमा अत्यन्त कोमल र हँसिला हुन्छन् । 

    अत्यन्त कम बोल्ने, भावुक, संकोची र लज्जालु हुन्छन् । 

    सेन्सेटिभ, फ्रेन्डली र केयरिङ नेचरका हुन्छन् । 

    अन्तर्मुखी स्वभावका कारण उनीहरूलार्ई समाजमा घुलमिल हुन समय लाग्छ । 

    गाढा मित्रतालार्ई जीवनभर निर्वाह गर्छन् ।

खैरो

यो कलर मन पराउने मानिसहरू अत्यन्त इमान्दार हुन्छन् । 

    आफ्नो जीवनदेखि खुसी एवं सन्तुष्ट रहन्छन् । 

    प्रदर्शन गर्ने बानी हुँदैन । 

    जिम्मेवारीपूर्वक काम गर्छन् अनि परिवारप्रति पूर्णरूपमा समर्पित हुन्छन् । 

    सम्बन्धलार्ई राम्रोसँग निर्वाह गर्न सक्छन् । 

    ठूल्ठूला सपना देख्छन्, तर ती सपनाका पछाडि भाग्दैनन् । 

पर्पल

यो रंग कमै मानिसको फेवरेट हुन्छ । 

    यो रंग रुचाउने मानिसहरू परोपकारी हुन्छन् । आफ्ना बारेमा भन्दा अरूका बारेमा बढी सोच्छन् । 

    अत्यन्तै संवेदनशील हुन्छन् । 

    स्वतन्त्र विचारधाराका हुन्छन् । 

आफ्नो जीवनमा अरू कसैको हस्तक्षेप मन पराउँदैनन् । 

    सुस्त गतिमा काम गर्नु उनीहरूको विशेषता नै हुन्छ । त्यसैले पार्टी वा कुनै समारोहमा कहिल्यै समयमा पुग्दैनन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्