गौरव र मेनुकाको केमेस्ट्री

नारी संवाददाता

वैशाख १८, २०७६

अहिलेसम्म कुन–कुन नायिकासँग काम गर्नुभयो ?

मेनुका श्रेष्ठ, सुजाता कोइराला, रिस्ता बस्नेत, प्रकृति श्रेष्ठ तथा मरिस्का पोखरेलसँग काम गरिसकेको छु । मेनुकासँग चाहिँ सबैभन्दा बढी काम गरेको छु ।

मेनुकासँग रिपिट हुनुको कारण ?

पहिलो चलचित्र उत्सवमा हामीले सँगै काम गरेकाले हो कि जति पनि अफर आउँछ, मेनुका सँगै आइरहेको हुन्छ । सम्भवतः दर्शकलाई हाम्रो जोडी मनपर्छ ।

मेनुकाका विशेषता ?

मिलनसार, असल कलाकार, जोसँग पनि घुलमिल हुने । जस्तोसुकै चरित्र होस्, उत्कृष्ट अभिनय गर्छिन् । त्यसैले पनि मेनुकासँग अभिनय गर्दा रमाइलो र सजिलो लाग्छ ।

मेनुकाको सुधार्नुपर्ने कुनै बानी छ कि ?

मिडियामा त्यति आउन खोज्दिनन्, फोन कम उठाउँछिन्, मुडी स्वभावकी छिन् । उनलाई कहिले रिस उठ्छ थाहा हुँदैन । यी कुरामा सुधार ल्याए उनी परफेक्ट हुन्छिन् ।

मेनुकासँग काम गरेको चलचित्रमध्ये सन्तुष्ट भएको चलचित्र ?

साइँली ।

मेनुका तपाईंकी कस्ती साथी ?

हामी एकदमै मिल्ने साथी हौं तर बिहान–बेलुकी फोन गरिरहनुपर्ने, कहाँ छौ, के गर्दैछौ भनेर सोधखोज गर्ने साथी होइनौं । कहिलेकाहीँ भेट हुँदा गज्जबले जम्छौं । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्