अरेन्ज द बुटिक

नारी संवाददाता

वैशाख ११, २०७६

आउटलेट : लाजिम्पाट 

विशेषता : अफिसियल तथा क्याजुअल पहिरनका लागि उत्कृष्ट गन्तव्य ।

१२ वर्षअघि खुलेको अरेन्ज बुटिकमा अफिसियलदेखि हरेक उमेर र वर्गका लागि पहिरन उपलब्ध हुन्छन् । कटन तथा लेनिनका पहिरन बढी तयार पारिने यो बुटिकमा अवसरअनुरूपका पार्टी पहिरन तथा चाडपर्वका पहिरन अर्डरअनुसार बनाइने संचालिका कुसुम ताम्राकारले बताइन् ।

यहाँ रेडिमेड वेयरभन्दा पनि डिजाइनर वेयर तयार गरिन्छ । ग्राहकको चाहनाबमोजिमका पहिरनलाई प्राथमिकता दिइने अरेन्ज द बुटिकमा धेरैजसो अफिसियल तथा क्याजुअल पहिरनको माग हुने कुसुमले बताइन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्