केश सुन्दरताको अर्को अंग–हेयर रिप्लेसमेन्ट

नारी संवाददाता

वैशाख २, २०७६

राजेश विक्रम शाह

प्रबन्ध–निर्देशक, लिड हेयर रिप्लेसमेन्ट

विशालनगर

पूर्णरूपमा मानवीय केश अर्थात् नेचुरल हेयर रिप्लेसमेन्ट गरिने यो कला शतप्रतिशत युरोपियन टेक्नोलोजी हो । संसारभर फैलिएको हेयर रिप्लेसमेन्टको कुनै साइड इफेक्ट छैन । यो कसरी गर्ने ? भन्दा, जसको केश पालतो वा पूर्णरूपमा झरेको हुन्छ त्यही, केश झरेको स्थानको नाप लिइन्छ र सोही साइजअनुसारको वेस्ड (सतह) बनाइन्छ । क्लाइन्टको ओरिजिनल केशको डेस्टिनी, टेक्चर र कलर हेरेर उस्तै प्राकृतिक केश लिएर बेस्डमा बुन्ने फ्रक्रिया सुरु हुन्छ ।

स्किन नेटमा त्रमशः एक–एक रौं गरेर बुनिन्छ । यो २ देखि ३ वर्षसम्म टिक्छ । विशेषतः नेपालमा अहिले क्यान्सर उपचारका क्रममा किमो दिएपछि केश झरेका ग्राहक बढी छन् भने केश पोलिएका तथा खत भएकाहरू पनि यसतर्फ आकर्षित छन् । यो यस्तो मानिसले गराउनु हुँदैन भन्ने छैन । 

नराम्रो वा गुणस्तरहीन अथवा फाइबरको केश लट्टा–गुजुल्टा पर्ने हुन्छ तसर्थ हेयर रिप्लेसमेन्ट गर्दा सबैभन्दा पहिले कस्तो केश हो त्यसमा विशेष ध्यान पुर्‍याउनुपर्छ । लगाइसकेपछि नुहाउँदा र कोर्दा केही सावधान रहनुपर्छ ।

देख्दा प्राकृतिक देखिनु, कुनै साइड इफेक्ट नहुनु, सुत्दा–नुहाउँदा वा कोर्दा स्वयं आफ्नै केशजस्तो हुनु, लगाइसकेपछि पनि कुनै किसिमको असहज नहुनु यसका आकर्षण हुन् । नेपालमा अहिले यसका २५ देखि ५५ वर्षसम्मका ग्राहक बढी छन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्