अभिनेत्रीको पहलमा विद्युतीय पुस्तकालय 

नारी संवाददाता

चैत्र २८, २०७५

 

अभिनेत्री जान्बी बोहोराले आफुले अध्ययन गरेको  सिन्धुपाल्चोकको टेकानपुर स्थित कालिका माबिमा आफ्नै पहलमा पुस्तकालय शिलान्यास गराएकी छिन् । फेसबुकमा शिलान्यास समारोहका तस्बिरहरु पोस्ट गर्दै जान्वीले लेखेकी छिन्—‘आफ्नो ठाउँ, आफ्नो गाउँ, आफ्नै परिवेश । जहाँ क, ख सिकें, जहाँ पूर्बिय सभ्यताको ज्ञान हासिल गरें, जहाँ जिवन र जगतबारे प्रारम्भिक ज्ञान हासिल गरें । 

आज त्यही ठाउँ अर्थात भूकम्पले खण्डहर बनाएको आफु पढेको स्कूल सिन्धुपाल्चोकको टेकानपुर स्थित कालिका माबिमा क्षेत्री समाज बेलायतको सहयोगमा म आफैं अध्यक्ष रहेको जान्वी फाउण्डेसन नेपालको संयोजनमा २ कोठे पक्की भवन सहित अत्याधुनिक विद्युतीय पुस्तकालयको शिलान्यासको गरियो । 

यति बेला थोरै भावुक त भएको थिए नै केही मात्रामा यो माटोको उधारो चुक्ता गर्ने प्रयास समेत गरेको छु । यहाँहरु सबैको सहयोग र सद्भावको अपेक्षा गर्दछु । सहभागीताको लागि  सबैलाई धन्यवाद ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्