सुरक्षा निकायमा पनि अग्रणी

नारी संवाददाता

चैत्र २५, २०७५

नेपाल प्रहरीकी डिएसपी वसुन्धरा खड्का संयुक्त राष्ट्रसंघको उच्च पदमा मनोनीत भएकी छिन् । खड्का इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्री थ्री तहको पदमा छनोट भएकी हुन् । उनलाई उक्त पदका लागि विश्वभरका प्रहरीबाट प्रतिस्पर्धात्मक रूपमा छनोट गरिएको हो ।

राष्ट्रसंघीय शान्ति मिसनमा देखाएको क्षमता तथा अन्तर्वार्ताका आधारमा उनी उक्त पदमा छनोट भएकी हुन् । मनोनयनपछि अब उनले इटालीमा ट्रान्जिसनल क्राइम अफिसरका रूपमा काम गर्नेछिन् ।

डिएसपी खड्का नेपाल प्रहरीकी क्षमतावान् प्रहरी अधिकृतका रूपमा परिचित छिन् । खड्काले स्थानीय, प्रदेश तथा संघीय संसद्को निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्