बाँझोपन र वास्तविकता

नारी संवाददाता

चैत्र १९, २०७५

बाँझोपनको उपचारमा जुम्ल्याहा सन्तानको सम्भावना सामान्यभन्दा बढी हुन्छ । धेरै महिलाले एउटा मात्र शिशु पनि जन्माएका छन् । करिब २३ प्रतिशतले जुम्ल्याहा तथा २ प्रतिशतले तिम्ल्याहा सन्तान जन्माएका छन् । यो उमेरसँग पनि सम्बन्धित हुन्छ ।

ढिलो विवाह वा गर्भधारण गर्दा अथवा यस्तै अन्य कारणले बाँझोपन हुनसक्छ । बाँझोपन भए महिलालाई मात्र दोष दिइन्छ । यद्यपि बाँझोपनका दोषी महिला र पुरुष दुवै हुनसक्छन् । 

 

मिथक : गर्भधारण गर्न असक्षम हुनुमा महिला मात्र दोषी हुन्छन् । 

तथ्य : बाँझोपन महिला–पुरुष दुवैका कारण हुनसक्छ । केही हदसम्म महिला, केही हदसम्म पुरुष तथा केही हदसम्म दुवैजना समान रूपले यसका लागि जिम्मेवार हुनसक्छन् । यसको कारण थाहा पाउन दम्पतीकै जाँच गराउनु आवश्यक हुन्छ । 

मिथक : उमेर र प्रजनन् क्षमतामा कुनै सम्बन्ध हुँदैन । स्वस्थ भएर शिशुको योजना बनाउन, आइभीएफजस्तो सहायक रिप्रडक्टिवमा रहनु कुनै ठूलो कुरा होइन । 

तथ्य : धेरै महिलाको प्रजनन् क्षमता २० वर्षको उमेरमा चरम ऊर्वर हुन्छ भने २७ वर्षदेखि त्यस्तो ऊर्वरता घट्न थाल्छ । ३५ वर्षको उमेरपछि ऊर्वरतामा तीव्र गतिले ह्रास आउन थाल्छ । यसले गर्दा आइभीएफ तथा बाँझोपनको उपचार समयमै भए यो समस्या समाधान हुनसक्छ । यसमा एग डोनेसन सहयोगी साबित हुनसक्छ । 

मिथक : बाँझोपनको उपचार गरेका महिलाले जुम्ल्याहा तथा तिम्ल्याहा सन्तान जन्माउन सक्छन् । 

तथ्य : खासगरी बाँझोपनको उपचारमा जुम्ल्याहा सन्तानको सम्भावना सामान्यभन्दा बढी हुन्छ । धेरै महिलाले एउटा मात्र शिशु पनि जन्माएका छन् । करिब २३ प्रतिशतले जुम्ल्याहा तथा २ प्रतिशतले तिम्ल्याहा सन्तान जन्माएका छन् । यो उमेरसँग पनि सम्बन्धित हुन्छ । आइभीएफको सहयोग लिने व्यक्ति ३५ वर्षभन्दा कम उमेरको भए करिब एक तिहाइ जुम्ल्याहा शिशु हुने तथा ४२ वर्षभन्दा अधिक भए १० प्रतिशतभन्दा कम सम्भावना हुन्छ । 

मिथक :भ्रूण हस्तान्तरणपछि पूर्ण आराम आवश्यक हुन्छ । 

तथ्य : धेरै आरामको आवश्यकता पर्दैन । यो प्रक्रियापछि आफ्नो दैनिक क्रियाकलाप नियमित रूपमा गर्न सकिन्छ । 

मिथक : तनावले आइभीएफको सफलता दर कम गर्छ । 

तथ्य : सामान्य तनावले आइभीएफको परिणामलाई प्रत्यक्ष प्रभाव पार्दैन । कुनै महिला बढी नै तनावग्रस्त भए त्यसको असर दैनिक कार्य तथा पारिवारिक जीवनमा पर्नसक्छ । यसको दुष्प्रभाव प्रजनन् क्षमतामा पनि पर्नसक्छ । तनाव आफैंमा एउटा समस्या हो, बाँझोपनको कारक होइन । 

मिथक : मासिक चक्र सामान्य भए प्रजनन् क्षमता ठीक हुन्छ ।

तथ्य : सामान्य मासिक चक्रको अर्थ अण्ड नियमित रूपमा बाहिर आउनु हो । यसबाट प्रजनन् क्षमता ठीक छ भन्ने हुँदैन । यसका लागि एलएच, एस्ट्रेडियल, एएमएचजस्ता हार्मोन जाँच गराउनुपर्छ । यसो गर्दा ओभेरियनको कार्यप्रणालीका बारेमा उचित जानकारी प्राप्त गर्न सकिन्छ । 

मिथक : महिलाको खानपान तथा वजनका कारण उनको प्रजनन् क्षमता तथा त्यसको उपचारको परिणाममा कुनै असर पर्दैन । 

तथ्य : खराब पोषणको असर प्रजनन् क्षमतामा समेत पर्नसक्छ । ३० भन्दा बढी बडी मास इन्डेक्स तथा गम्भीर रूपले कम तौल भएका महिलामा हार्मोनको असन्तुलन वा उसको परिणामस्वरूप सामान्य डिम्वोत्सर्जन प्रक्रिया प्रभावित हुने भएका कारण गर्भधारणमा समस्या उत्पन्न हुनसक्छ । 

मिथक : आइभीएफ महिलाको स्वास्थ्यका लागि नोक्सानदायक साबित हुनसक्छ । 

तथ्य : यो नोक्सानदायक हुँदैन । राम्रो हेरचाह गरे सुरक्षित हुन्छ । केवल १–२ प्रतिशत बिरामीमा डिम्बग्रन्थिमा अत्यधिक उत्तेजनाका कारण समस्या हुनसक्छ तर त्यस्तो समस्याको प्रभावकारी समाधान उपलब्ध छ । 

मिथक : पुरुषको शुक्राणुको संख्या बढाउने कुनै उपाय छैन । 

तथ्य : कतिपय पुरुषमा कुनै अवरोधका कारण शुक्राणुको संख्या कम तथा नगण्य हुन्छ । यस्तो स्थितिमा उपचार सम्भव हुँदैन । यस्तो स्थितिमा पुरुषको प्रजनन् अंग सीधा शुक्राणुसँग एकत्र गरेर आइभीएफमा प्रयोग गर्नुपर्छ । उपचार सम्भव नभएको स्थितिमा दानकर्ताको शुक्राणु पनि विकल्पका

रूपमा लिन सकिन्छ । 

मिथक : आइभीएफको मद्दतले डिजाइनर बेबी हासिल गर्न सकिन्छ । 

तथ्य : राम्रो मिलेको शरीर, आँखाको रंग, केशको रंग आदि सौन्दर्य लक्षणको छनोट सम्भव हुँदैन । यद्यपि प्रिप्लान्टेसन जेनेटिक डायग्नोसिस एउटा प्रक्रिया हो । यसमा भ्रूणमा वंशानुगत गडबडी पहिचान गर्न सकिन्छ भने वंशानुगत रोगहरूबाट समेत जोगाउन सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्