महिलामा स्ट्रेस र एन्जाइटी

- डा. जे.पी. जैसवाल, कार्डियोलोजिस्ट

चैत्र ७, २०७५

स्ट्रेस तथा एन्जाइटीका मुख्य कारण के हुन् ?

बढ्दो सहरीकरण तथा व्यावसायिकता, व्यस्तता, दिनप्रतिदिन बढिरहेको खर्च, कस्मोपोलिटन मार्केटलगायत शारीरिक व्यायामको कमी मात्र होइन श्रीमान्–श्रीमतीबीच संवादको कमी, बालबच्चालाई समय दिन नसक्नु आदि नै स्ट्रेस र एन्जाइटीका मूल कारण हुन् ।

कस्ता मानिसमा यो समस्या बढी देखिन्छ ?

अत्यन्तै व्यस्त, रात–दिन नभनी काममै मात्र केन्द्रिकृत रहने, आफ्ना लागि समय ननिकाल्ने, दिमाग र शरीर रिल्याक्सेसनप्रति बेवास्ता गर्ने जुनसुकै उमेर समूहका मानिसमा यो समस्या देखिएको छ ।

एन्जाइटी तथा स्ट्रेसका लक्षण के–के हुन् ?

अनिद्रा, छटपटी, उच्चरक्तचाप, टाउको दुख्नु, मनमा त्रास भैरहनु आदि यसका लक्षण हुन् । आधुनिक समयको व्यावसायिक मार्केटमा प्रतिस्पर्धा बढ्दो छ । यो समस्या अहिलेको विकराल समस्या हो । पछिल्लो तथ्यांकले हरेक ५ जनामध्ये ३ जनालाई उच्च रक्तचापको समस्या भएको देखाएको छ । 

कालान्तरमा यसकै कारण के–कस्ता रोग लाग्न सक्छन् ?

यो सुरुवाती समस्या हो । दक्ष विशेषज्ञको सल्लाहमा बेलैमा उपचार गरे यस्ता समस्या कम भएर जान्छन् । यदि वास्ता गरिएन भने ब्लडप्रेसर, मधुमेह, कोलेस्ट्रोल आदिको समस्या बढ्दै जाँदा ब्रेन तथा हार्ट स्ट्रोकसम्म हुने सम्भावना हुन्छ । 

यसको समाधान के होला ?

यो समस्या न्यूनीकरण गर्ने मूल उपाय त लाइफस्टायलमा परिवर्तन नै हो । दैनिक ३० देखि ४५ मिनेट अर्थात् १ सय ५० मिनेट साप्ताहिक रूपमा एक्सरसाइज गर्ने, मद्यपान–धूम्रपान नगर्ने, खानामा नुनको मात्रा कम गर्ने, तैलीय खानपान कम गर्ने, चिनी तथा कार्बोहाइड्रेडको मात्रा घटाउने, मेन्टल रिल्याक्सेसनमा जोड दिनुका साथै लाइट हार्टेड व्यक्तित्व बनाउनेमा केन्द्रित हुन सके यो समस्या कम भएर जान्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्