लेटाङ एक्स्पो 

नारी संवाददाता

चैत्र २, २०७५

पूर्वीउत्तरी मोरङको लेटाङमा १० दिने लेटाङ एक्स्पो सम्पन्न भएको छ । लेटाङ नगरको आधार, कृषि, पर्यटन, कला र संस्कृति सहितको पूर्वाधार भन्ने नाराका साथ फागुन १७ गते प्रारम्भ भएको एक्स्पो फागुन २६ गतेसम्म चलेको थियो ।

लेटाङ एक्स्पोको अन्तिम दिन गायक सबिन राई तथा बाबु बोगटीले प्रस्तुति दिए । उक्त एक्स्पोमा गायिका ज्योति मगर, मेलिना राई, आस्था राउत, गायक प्रमोद खरेल, कमल खत्री, सुगम पोख्रेल आदि कलाकार प्रमुख आकर्षणमा थिए ।

लेटाङ उद्योग वाणिज्य संघद्वारा आयोजित एक्स्पोमा विभिन्न खेल तमासा, कृषि उत्पादन, खाद्यान्न, लुगाकपडा, होटल, इलेक्ट्रोनिक्स सामग्री तथा अटो मोबाइल्स आदिका ५० वटा स्टल राखिएका  थिए ।

सरोज बस्नेत

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्