महिला रोगका पुरुष डाक्टर

उपासना घिमिरे

फाल्गुन २३, २०७५

महिलासम्बन्धी डाक्टर भएकै कारण धेरै पुरुष डाक्टर बेरोजगार थिए । अस्पतालमा पुरुष चिकित्सक देख्नासाथ महिलाहरू टाढै बस्थे वा फर्केर जान्थे । उपचार गर्न आए पनि खुलेर आफ्ना स्वास्थ्य समस्या व्यक्त गर्न सक्दैनथे । पुरुष पनि महिलाका डाक्टर हुन सक्छन् भनेर प्रमाणित गर्नुपर्ने अवस्था थियो । त्यसो त अन्य मानिसहरू पनि स्त्री तथा प्रसूतिसम्बन्धी पुरुष चिकित्सकलाई दोस्रो दर्जाको चिकित्सक मान्थे । त्यस्तो अवस्थामा लोकलाज तथा सामाजिक मान्यताका कारण महिलाहरू खुलेर आफ्नो स्वास्थ्य समस्या चिकित्सकसामु राख्दैनथे । 

 

पुरुषप्रधान समाज रुढिवादी मान्यतामै अडिग भएको समयमा धेरै पुरुष डाक्टरले महिलाको उपचार गर्ने कामलाई (गाइनो) आफ्नो अध्ययनको विषय बनाएका थिए । त्यो समयमा महिलाहरू पुरुषलाई आफ्ना समस्या बताउन समेत हिच्किचाउँथे । सामाजिक परिवेश नै त्यस्तै थियो । महिलासम्बन्धी डाक्टर भएकै कारण धेरै पुरुष डाक्टर बेरोजगार थिए । अस्पतालमा पुरुष चिकित्सक देख्नासाथ महिलाहरू टाढै बस्थे वा फर्केर जान्थे । उपचार गर्न आए पनि खुलेर आफ्ना स्वास्थ्य समस्या व्यक्त गर्न सक्दैनथे । पुरुष पनि महिलाका डाक्टर हुन सक्छन् भनेर प्रमाणित गर्नुपर्ने अवस्था थियो ।

त्यसो त अन्य मानिसहरू पनि स्त्री तथा प्रसूतिसम्बन्धी पुरुष चिकित्सकलाई दोस्रो दर्जाको चिकित्सक मान्थे । त्यस्तो अवस्थामा लोकलाज तथा सामाजिक मान्यताका कारण महिलाहरू खुलेर आफ्नो स्वास्थ्य समस्या चिकित्सकसामु ब्यक्त गर्दैनथे । अहिले डा. विशाल खनियाँ, डा. विनय भण्डारी, डा. सन्देश पौडेल, डा. अरुण जोशी, डा. कीर्तिपाल श्रेष्ठ, डा. गेहेनाथ बराल, डा. मोहन रेग्मी, डा. ज्ञानेन्द्र कार्की, डा. जितेन्द्र परियार आदि झन्डै १ सयजति पुरुष डाक्टरले स्त्री तथा प्रसूति रोगसम्बन्धी विज्ञता हासिल गरेका छन् । नारीको यो अंकमा हामीले महिलाका डाक्टर भएर धेरै महिलालाई जीवन दिएका, सन्तान सुख दिएका, रोग निको बनाइदिएर उनीहरूको ओंठमा हाँसो छर्ने केही चिकित्सकलाई समेटेका छौं ।

डा. भोला रिजाल, अध्यक्ष–नेपाल मेडिकल कलेज, अत्तरखेल

सिनियर कन्सल्टेन्ट तथा आइभीएफ स्पेसलिस्ट, ह्याम्स हस्पिटल

डा. भोला रिजाल कान्छो छोरा जन्मने बेलामा श्रीमतीलाई भएको अप्ठ्यारोका कारण गाइनो डाक्टर भएका हुन् । श्रीमतीलाई प्रसव पीडा भैरहेको थियो, डा. रिजाल कार्यरत राजविराजको सगरमाथा अञ्चल अस्पतालमा उनको डेलिभरी हुन सकेन । त्यसपछि उनलाई विराटनगर अस्पताल पुर्‍याइयो । त्यहाँ डा. कस्तूरी मल्ल तथा टिमले उनकी श्रीमतीको अप्रेसन गरे । त्यही बेला डा. रिजालले स्त्री तथा प्रसूति रोग विशेषज्ञ बन्ने सोच बनाएका थिए । कुनै पनि वस्तुले क्लिक गरे त्यो वस्तु प्राप्त गर्ने उत्प्रेरणा जाग्छ । झन्डै चारदशकअघिदेखि महिलाका डाक्टर बनेका डा. रिजाल पहिलो पुरुष महिला डाक्टर हुन् । 

कामको सिलसिलामा थुप्रै ग्रामीण भेगका बिरामीको उपचार गरिसकेका डा. रिजालका अनुसार बिरामी महिलाहरू पुरुषभन्दा पनि डाक्टर सम्झेर आफ्नो रोग निको पार्न चाहन्छन् । डाक्टरले उचित उपचार, सेवा दिएर रोग निको बनाइदियोस् भन्ने चाहन्छन् । त्यसो त डा. रिजाल लजाइरहेका महिलालाई बोल्न सक्ने, आफ्नो समस्या भन्न सक्ने वातावरण आफैं सिर्जना गरिदिन्छन् । आफूले सहजतापूर्वक गरेको काम एवं सन्तुष्टिकै कारण डा. रिजाल अहिले धेरै महिलाका सर्वाधिक प्रिय डाक्टर भएका हुन् । त्यसैले त अहिले कुनै महिलालाई गाइनोको समस्या आउनासाथ उनको नाम जोडिन्छ । डा. रिजाल देशभरबाट रिफर भएर आएका बिरामी हेर्छन् । 

बिरामीको उपचारका क्रममा कतिपय अवस्थामा असफल भइन्छ । त्यस्तो अवस्थामा धेरै दुःख लाग्ने डा. रिजाल बताउँछन् । डा. रिजाल भन्छन्–अहिले प्रसूति सेवामा अप्रेसनलाई फेसन बनाइएको छ । यो नकारात्मक कुरा हो । आवश्यक अवस्थामा मात्र अप्रेसन गर्नुपर्ने उनको धारणा छ । डा. रिजालले आफ्नै भाउजू, बहिनी तथा काकीको अप्रेसन गरिसकेका छन् । उपचारका क्रममा बिरामी र आफन्त छुट्टिँदैनन् भन्ने उनको भनाई छ । कतिपय अवस्थामा आफूले उपचार गरेको बिरामीको ज्यान जाँदा उनलाई निकै दुःख लाग्छ । प्राविधिक कारणले पनि बिरामीको मृत्यु हुन सक्छ । त्यसको जिम्मा पनि चिकित्सकले नै लिनुपर्छ । टेस्ट्युब बेबीका क्षेत्रमा पायोनियर डा. रिजाल तथा उनको टिमले झण्डै ११ सय भन्दा बढी निःसन्तान दम्पतीलाई आइभीएफ उपचारमार्फत् सन्तान सुख दिएका छन् । गर्भपतनलाई कानूनी मान्यता दिनुपर्छ भन्ने आवाज उठाउने डा. रिजाल हुन् । यसले मातृमृत्युदर कम हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्