मिस तामाङ सरिता

नारी संवाददाता

फाल्गुन २२, २०७५

 

गतसाता राजधानीमा संचालन भएको मिस तामाङ २०१९ को फाइनल प्रतिस्पर्धामा आफूलाई अन्य प्रतिस्पर्धीहरु भन्दा अब्बल सावित गर्दै सरिता तामाङले विजेताको ताज पहिरिन सफल भएकी छिन् । 

राजधानी शहरको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा संचालन भएको प्रतियोगितामा २३ जना तामाङ युवतीहरु मुख्य उपाधि दौडमा सहभागि थिए । प्रतियोगितामा सविना दोङ फस्ट रनर अप,  अप्सरा स्याङतान सेकेन्ड रनर अप, कविता योञ्जन थर्ड रनर अप तथा लक्किसा स्याङ्बो फोर्थ रनर अपका रुपमा छनौट भएका थिए । 

प्रतियोगिताका विजेताले नगद पुरस्कार रु एक लाख तथा फस्ट तथा सेकेन्ड रनर अप विजेताले क्रमशः नगद पुरस्कार रु पचास हजार र रु पच्चीस हजार प्राप्त गरेका थिए । प्रतियोगिता एभरेष्ट फेसन होम तथा नेपाल तामाङ कला संस्कृति केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्