एड्स र मलेरियाभन्दा खतरनाक सर्जरी

नारी संवाददाता

फाल्गुन २०, २०७५

 

कुनै रोगबाट बचाउन गरिएको सर्जरीको ३० दिनभित्र गएको वर्ष मात्र करिब ४२ लाख मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । यसकारण एड्स, मलेरिया आदि रोगभन्दा सर्जरी खतरनाक भएको बताइन थालेको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार एचआइभी, टिबी तथा मलेरियाजस्ता रोगबाट बर्सेनि २९ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको छ जुन सर्जरीका कारण हुने मृत्युभन्दा धेरै कम हो ।

इंग्ल्यान्डको बर्मिङ्घम विश्वविद्यालयमा गरिएको एक अध्ययनका आधारमा उक्त तथ्य सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ताहरूका अनुसार विश्वमा बर्सेनि ३१ करोड ३० लाख सर्जरी गरिन्छ । यद्यपि यसको गुणस्तरका सम्बन्धमा भने त्यति चर्चा गरिँदैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्