लैंगिक समानताका लागि पाइला हाराहारी सन् २०३० सम्म हिस्सा बराबर

डा. नम्रता पाण्डे

फाल्गुन १५, २०७५

 

मानिस प्रकृतिको उपज हो । मानिस महिला–पुरुष दुवैको संयुक्त गुण हो । मानसिक, शारीरिक एवं भावनात्मक रूपमा प्रत्येक मानिस उस्तै हुन्छन् र सबैको लक्ष्य सुख–शान्ति प्राप्त गर्नु हो । लिङ्ग, जात, रंग तथा वर्णका आधारमा देखाइने भिन्नता र गरिने अलग व्यवहार समाजको विकाससँगै विकसित भएको एउटा प्रवृत्ति मात्र हो । चेतनाका कारण मानिस प्राणीहरूमा सर्वोत्कृष्ट प्राणी हो । मानिस जन्मदेखि नै क्रूर र हिंस्रक रूपमा जन्मिदैन । करुणा र प्रेम उसको जन्मजात गुण हो तर विकसित हुँदै गएको आजको समाजमा महिला भएकै कारणले गरिने भेदभाव र हिंसाका घटना बढ्दै गएपछि महिलाहरूले आप्mना हक–अधिकार माग्नुका साथै कानुनी दृष्टिले पनि सुरक्षा प्राप्त होस् भनेर आवाज उठाउ“दै आएका छन् । बर्सेनि महिला हिंसाविरुद्धको अभियान, महिला श्रमिक दिवस मनाइए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाको अवस्था भने शिक्षित र अशिक्षित, धनी र गरिब, इज्जतदार र सामान्य सबै वर्गका समाज एवं घरमा ज्युँका त्युँ छन् । 

हाम्रो समाजमा महिला हिंसाका शारीरिक, मानसिक, आर्थिक, राजनीतिक आदि अनेकौं रूप देखा पर्ने गरेका छन् । समाजमा अभिशापका रूपमा दाइजोका कारण लाखौं महिला हिंसाको सिकार भएका समाचार प्राप्त भैरहेका छन् । तराई–मधेस, पहाड, उपत्यका, सम्पन्न परिवार, शिक्षित समाज जताततै यस्तो हिंसा भएको पाइन्छ । दाइजोका कारण दिन–प्रतिदिन ह्दयविदारक घटना घटिरहेका छन् । बितेको एक दशकमा भएका दाइजो विरोधी विभिन्न अभियानले दाइजोकै कारणले हुने हिंसामा खासै कमी ल्याउन सकेको छैन । यही कारणले कतिपय चेलीले बेचिनुपरेको छ । कतिपयले पति एवं परिवारको ज्यादतीका कारण सन्तानसमेत छोडी घरवारविहीन हुनुपरेको छ भने कतिपय हत्या र आत्महत्याका सिकार भएका छन् । यस क्रममा कतिपय चेलीले विवाहपछि पनि माइतीकै आश्रममा बाँच्नुपरेको छ । यस्तो यथार्थ नेपाली समाजमा अहिले पनि विद्यमान छ ।

२०१६ को मार्च ८ मा ‘लैंगिक समानताका लागि पाइला हाराहारी : सन् २०३० सम्म हिस्सा बराबरी’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस संसारभर मनाइयो । नेपालमा पनि यो नारालाई आधार मानेर अबको महिला उत्थान यही नाराका साथ हुनुपर्छ र सन् २०३० सम्म नारी–पुरुष हरेक हिस्साबाट बराबर हुनुपर्छ भन्ने आवाज चर्को रूपमा उठ्यो । महिला उत्थानमा लागेका संघ–संस्था एवं महिला अधिकारकर्मीहरू अब काम गर्नतिर लागेकै हुन् त ? कि मार्च ८ आयो, भाषण गरियो सिद्धियो ? फेरि अर्को मार्च ८ आउँछ, अर्को नारा तयार हुन्छ, महिला अधिकारका मुद्दाहरू बहसका विषय बन्नेछन्, समय यसैगरी चलिरहन्छ । उही परम्परागत शैलीमा नेपाली महिलालाई समान अवसर र पहु“च दिलाउनुपर्ने कुरा उठ्नेछ । सरकार, राजनीतिकर्मी, महिला अधिकारकर्मी, गैरसरकारी संघ–संस्था आदिले बर्सेनि आउने यो दिवसको कर्मकाण्ड पूरा गर्नेछन् । यस्ता दिवस र कार्यक्रमले नेपाली महिलाको जीवनमा के–कस्तो परिवर्तन ल्याउन सकेका छन् ? छैनन् भने के–के कुरामा कमी–कमजोरी छन् ? महिलाहरू किन अझै पिछडिएका छन् ? राज्य, दल, नागरिक, समाज अनि महिला अधिकारका नाममा सक्रिय गैरसरकारी संघ–संस्थाहरूले के–कस्तो भूमिका निर्वाह गरेका छन् र कहाँ चुकेका छन् ? जस्ता प्रश्नमा गहन बहस हुन सकेको छैन । 

महिला हिंसाका नाममा आज पनि थुपै्र नेपाली महिलाले अनाहकमा ज्यान गुमाउनुपर्ने एकपछि अर्को अवस्था आइरहनुले महिला मुद्दा केवल केही टाठाबाठाको गरिखाने माध्यममा सीमित भएको छ । दाइजो, बोक्सीको आरोप, बलात्कृत भएर, पारिवारिक आदि कारणले हुने हिंसाका घटना पनि प्रशस्तै छन् । 

नेपालका अधिकारकर्मीहरूले महिला मुक्तिको आन्दोलनसँग जोडेर नारी दिवस मनाउन थालेको तीन दशक नाघिसकेको छ । २०४६ सालको परिवर्तनपछिको खुला राजनीतिक परिवेशमा महिला अधिकार एवं समान सहभागिताको मुद्दामा राजनीतिकर्मी मात्र नभई सरकारी, गैरसरकारी क्षेत्रबाट पनि हक–अधिकार सुनिश्चित गर्ने प्रश्न उठ्दै आएको छ । सरकारी एवं गैरसरकारी क्षेत्रबाट महिलाका स्वास्थ्य र शिक्षा, महिलामाथि हुने हिंसाविरुद्धको अभियानलगायतका थुप्रै कार्यक्रममा ठूलो धनराशि खर्चेर कार्यक्रम भएको पनि नसुनिएको होइन । विडम्बना, बोक्सीको आरोपमा गाउँका निर्धन महिला मारिने क्रम रोकिँदैन र महिला हिंसाको दर बढ्दै गएको छ । महिला सशक्तीकरण र उनीहरूमाथि हुने हिंसा एवं शोषणका विरुद्ध गरिएका यस्ता कार्यक्रम प्रभावहीन भएका हुन् अथवा खास पीडितसम्म ती कार्यक्रम पुग्नै सकेका छैनन् । त्यतातिर कसैको ध्यान नपुगेको हो कि ? नारी दिवस मनाइरहँदा यसको अगुवाहरूले आफ्नै कामको मूल्यांकन पनि गर्नुपर्ने होइन र ?

के चाहिएको छ महिलालाई, समान अधिकार कि स्वतन्त्रता ? अवश्य स्वतन्त्रता चाहिएको छ, पुरुष बराबर शिक्षा पाउने स्वतन्त्रता, मातृ स्वास्थ्यको सुरक्षा अनि चेतना जागरण अभियानमा समान सहभागिता ।

नेपालको महिला मुक्ति आन्दोलनमा केही उपलब्धि नभएको भने पक्कै होइन । विदेशीको सहयोगमा गाउँ–गाउँमा फैलिएका एनजिओहरूका कारण परिवर्तन नै नआएको पनि होइन । महिलाको स्वास्थ्य एवं शिक्षामाथिको पहुँच हिजोभन्दा आज निश्चित रूपमा बढेको छ । चुल्हाचौकामा सीमित महिला आज नीति निर्माण तहमा समेत पुगेका छन् । महिला आरक्षण, महिलाको सम्पत्तिमाथिको हक सुनिश्चित भएको छ र पनि हत्या, हिंसा र अत्याचार बढिरहेकै छ किन त ? किनभने जहाँ चोट लागेको हो त्यहाँ उपचार भएन । खुट्टामा काँडा बिझेको छ भने खुट्टाबाटै काँडा निकालेर नफालेसम्म घोचिरहन्छ, दुखिरहन्छ, पीडा भैरहन्छ्र त्यसैगरी महिलामाथि गरिने हिंसा र अधिकारबाट वञ्चित गराइने कुरा कुन मनस्थितिबाट आएको छ किन आएको छ त्यता ध्यान दिइनु जरुरी छ । 

हिंसात्मक प्रवृत्ति के हो ? त्यो कसरी आउँछ खोजिनु जरुरी छ । जब मानिसले आप्mनो होस गुमाउँछ, कामना र वासनाले लिप्त हुन्छ । उसका इच्छा एवं आकांक्षा आवश्यकताभन्दा बाहिरका, अनावश्यक र पूरा हुन नसक्नेछन् त्यस्तो परिस्थितिबाट हिंसात्मक प्रवृत्ति सिर्जना हुन्छ । कसरी मानसिक रूपमा मानिसमा चेतना जगाउने र नैतिक शिक्षा दिने, शान्त मन, खुसी र उल्लासमय जीवन जिउने कला सिकाउने र आफूसँग जे छ त्यसमा रमाउन सिक्ने कला उजागर गर्ने कार्यक्रम आजको युवापुस्ता र पिछडिएका वर्गलाई दिन सके महिला अधिकारकर्मीहरूले गरेको योगदानको सार्थकता रहनेछ । 

महिलाले जसरी स्वतन्त्र रूपमा जन्म लिएका छन्, जन्ममा कसैको अधीन छैन त्यसैगरी पाएको जीवन सुख र खुसीले बा“च्न पाउनुमा कसैले अधिकार दिनु पर्दैन यो महिला र प्रत्येक मानिसको जन्मसिद्ध अधिकार हो । स्वतन्त्र रूपमा जीवन जिउने, शिक्षा आर्जन गर्न पाउने, आप्mनो कर्म गर्न र भावना व्यक्त गर्न, पीडित हुँदा उजुरी गर्न र न्याय प्राप्त गर्न पाउने अधिकारबाट कसैले वञ्चित गराउन सक्दैनन् महिलालाई । अब महिलाले अधिकारका मुद्दा, अधिकारका आवाजभन्दा पनि स्वतन्त्रताका लागि शान्ति र आनन्दसँग जीवन जिउने कला सिकेर त्यसलाई समाजमा व्यावहारिक रूपमा प्रयोग गर्दै समाज रूपान्तरणमा लाग्नुपर्छ । महिलाले माग्ने होइन गरेर देखाउने समय आएको छ । चेतना जागृत गराउँदै सभ्य र सुसंस्कृत भएर विश्वसामु नेपाललाई शान्तिभूमि भनेर चिनाउन महिलाको योगदान महत्वपूर्ण हुनेछ ।  

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्