आरम्भ कलेक्शन

नारी संवाददाता

फाल्गुन १२, २०७५

स्थान–सहयोगीनगर, कोटेश्वर

बिशेषता– इण्डियन फर्मल वेयर तथा डिजाइनर ईयररिङस

भारतीय ब्राण्डका कुर्ती, लेहेंगा, टप्स, सलवार–कुर्ता, साडी लगायतका फर्मल वेयर उपलब्ध आरम्भ कलेक्सन महिलाहरुका लागी पुर्ण प्याकेज पाइने स्थान हो । पहिरनका अलावा इण्डियन डिजाइनका झुम्का यहांको प्रमुख बिशेषता हो । हेर्दा अत्याकर्षक यि झुम्का मुल्यका हिसाबले निक्कै सुलभ छन् ।

त्यति मात्र होइन आरम्भ कलेक्सनमा बिक्रीका लागी राखिएका डिजाइनदार चुरासेट, कंगन, बालाले जो कसैलाई लोभ्याउंछ । यथेस्ट पार्किङको सुविधा भएको आरम्भ कलेक्सनका सम्पुर्ण सामान गुणस्तरीय, रंग नजाने, नखुइलिने र टिकाउयुक्त भएको सञ्चालक पुजा सिंह के.सी. बताउंछिन् ।

अर्डर गरेको खण्डमा होम डेलिभरीको समेत व्यवश्था भएको आरम्भ कलेक्सनमा छिरेपछि महिलाको परिधान, एक्सेसरिज लगायत श्रृंगार अधुरो रहंदैन् । बिशेषत यहांका टप्स, कुर्ती र झेम्का अत्यधिक रुचाइएका छन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्