श्रीस्वस्थानी मेला

नारी संवाददाता

फाल्गुन ९, २०७५

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म काठमाडौंको साँखुस्थित शालीनदीमा एक महिनासम्म माधवनारायणको ठूलो मेला लाग्छ ।

शालीनदीमा स्नान गरी श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्दा पाप नष्ट हुनुका साथै अविवाहित कुमारीहरूले असल श्रीमान् प्राप्त गर्ने तथा विवाहित नारीका श्रीमान्को आयु लामो हुने कुरा शास्त्रमा उल्लेख छ ।

हिमालयकी पुत्री पार्वतीले महादेवलाई श्रीमान् पाऊँ भनेर ठूलो तपस्या गरेपछि उनले महादेवलाई नै श्रीमान्का रूपमा प्राप्त गरिन् । शालीनदीमा एक महिनाभर स्नान गरी पूजाआजा गर्न भक्तजनको ठूलो भीड लाग्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्