वीर अस्पतालमा नयाँ सिटी स्क्यान

नारी संवाददाता

माघ २९, २०७५

वीर अस्पतालमा १ सय २८ स्लाइस क्षमताको नयाँ सिटीस्क्यान मेसिन जडान गरिएको छ । गत महिना मेशिन जडान गर्नासाथ बिरामीलाई सेवा दिन थालिएको हो । यो मेसिनको ८ करोड ८४ लाख रूपैयाँ पर्छ । यसको क्षमता जति बढी भयो उति राम्रो रिपोर्ट आउनुका साथै छिटो पनि हुन्छ ।

अस्पतालमा यसअघि १६ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन थियो । उक्त मेशिन बिग्रिएका कारण बिरामी अन्य अस्पतालमा जाँच गर्न जानुपर्ने बाध्यता थियो । नयाँ सिटी स्क्यान मेशिनको सेवा शुल्क निजीको भन्दा झण्डै तीन गुणा सस्तो रहेको दावी अस्पतालको छ ।

अस्पतालले शरिरको अंगको स्क्यानका आधारमा २ देखि ४ हजारसम्म शुल्क लिन्छ । सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नशा र तन्तुहरूको जाँच गरिन्छ । यो मेसिन खासगरी मष्तिष्कघात, मष्तिष्कघातभित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा उपयोगी हुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्