मिस गोरखा नेहा श्रेष्ठ

नारी संवाददाता

माघ २५, २०७५

सौन्दर्य कला व्यवसायी संघ गोरखाले आयोजना गरेको दोस्रो संस्करणको मिस गोरखा–२०१८ को उपाधि नेहा श्रेष्ठले जितेकी छिन् ।

गोरखकाली चलचित्र हल गोरखामा भएको अन्तिम प्रतिष्पर्धामा सहभागी १४ जनामध्ये द्रव्य शाह बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत २२ वर्षीया श्रेष्ठले बेस्ट फोटोजेनिकको पुरस्कार समेत हात पारिन् ।

प्रतियोगितामा बारपाककी किरण घले मोस्ट ट्यालेन्टसहित फस्टरर्नसअप तथा मास्कीछापकी प्रिति थापा मगर बेस्ट स्माइलसहित सेकेन्ड रनर्सअप घोषित भए भने भ्युअर च्वाइसको पुरस्कार अनुश्का सुनारले हात पारिन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्