प्रितम आचार्य टप १५ मा

नारी संवाददाता

माघ १८, २०७५

सुनसरीको इटहरीका बालगायक प्रितम आचार्य भारतको जिटिभीबाट प्रसारण भैरहेको रियालिटी शो सारेगम लिटिल च्याम्सको टप फिप्टिनमा पुग्न सफल भएका छन् । उनी टप ३० वाट टप १५ मा पुगेका हुन् ।

साढे ७ लाख प्रतिस्पर्धीलाई उछिन्दै यो स्थान सुरक्षित गरेका हुन् । ‘प्रितममा धेरै सम्भावना छ, उसले अझ माथि पुगेर इटहरी र देशको नाम राख्नेछ,’ संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले भने ।

‘साढे ७ लाखका माझबाट टप १५ पुग्नु नै कठिन कुरा हो, जुन उसले पार गरेको छ, अबका चरणमा प्रत्येक कार्यक्रमबाट एक–एक जना मात्र हट्नेछन्,’ केसीले भने ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्