ब्राइडल ज्वेलरी सेलेक्सन

नारी संवाददाता

माघ १५, २०७५ कतिपय दुलही मेकअप, पहिरन, हेयर स्टाइल राम्रो भएर पनि ज्वेलरी सेन्स नभएर त्यति नखुलेका हुन्छन् । सुनको नेकलेसमा डायमण्डको हेयर क्राउन लगाउने चलन होस् वा नचाहिने ठाउँमा हेयर एसेसरिज प्रयोग गरी अझ नराम्रो देखिरहेका पनि उत्तिकै हुन्छन् । 

त्यसैले अहिले दुलहीहरू ज्वेलरी छान्ने कुरामा अझ बढी सचेत हुन थालेका छन् । ज्वेलरी सेलेक्सनमा बजेट निर्धारण गरेपछि ज्वेलरीको डिजाइन खोजिन्छ । कतिपयले लाइट नेकलेस खोज्छन् भने कतिपयले १०–१२ तोलासम्मको नेकलेस डिजाइन गराउँछन् । 

अहिले ब्राइडल नेकलेसमा चोकरका विभिन्न डिजाइन बढी रुचाइँदैछ भने इयररिङ पनि ठूलो नै रुचाइएको पाइन्छ । साथमा रानी हार त सदाबहार नै छ । औंठीमा पनि ठूलो डिजाइन नै फेसनमा छ । अहिलेका दुलहीहरू हेबीभन्दा आकर्षक र युनिक ज्वेलरी खोज्छन् । उनीहरू ज्वेलरीले आफ्नो डिजाइनर वेयरलाई नछेकोस् भन्ने पनि सोच राख्छन् । 

कतिपय दुलही सुनको भन्दा ठिक्कको डायमण्ड सेट लगाउन खोज्छन् । कतिपय दुलही अरु बेला पनि लगाउन मिल्ने गहना डिजाइन गराउँछन् । फेसनमा रहेको भन्दा ग्राहकको रुचिअनुसार ज्वेलरी तयार गरिने बराह ज्वेलरीका पावेल उदास बताउँछन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्