आँचलले मागिन माफी

नारी संवाददाता

माघ १३, २०७५

चलचित्र दाल भात तरकारीको गीत सार्वजनिक पत्रकार सम्मेलनमा नायिका आँचल शर्मालाई ‘दाल भात तरकारी’को टिमबाट बोल्नका लागि निषेध गरिएको हो भन्ने प्रश्न सोधिएको थियो । यसको जवाफमा नायिका शर्माले भनिन्–‘कहिलेकाही हामीले जे गर्दापनि गाली नै पाइन्छ । म म्यूजिक भिडियो पनि गर्छु ।

कतिले मलाई म्यूजिक भिडियो किन गरेको भनेर पनि प्रश्न राख्नुहुन्छ । मलाई पनि दर्शक दोधारमा पर्नुहुन्छ भन्ने लागेको थियो । यसैले म्यूजिक भिडियो आँउदा, युटुबमा इन्टरभ्यू आउँदा दर्शकलाई दिक्क लाग्छ कि भन्ने मलाई लागेको थियो । यसैले चलचित्रको बाहेक अरु विषयमा केही महिना नबोलौं भन्ने लागेको हो ।’

आँचलले अहिले चलचित्र ‘दाल भात तरकारी’ बाहेक अरु बिषयमा नबोल्दा राम्रो हुन्छ कि भनेर आफूले बोल्न नखोजेको बताइन् । यही बीचमा एक पत्रकारले उनलाई प्रश्न सोधे, ‘के तपाईंहरुको मुड अनुसार पत्रकार चल्नुपर्ने हो ? तपाईंहरुले बोल्न चाहादा बोल्ने, बोल्न नचाहादा नबोल्ने हो ?’

यस विषयमा आँचलले भनिन्–‘नरम तरिकाले सोध्नुहोस् न, डर लाग्दैन हामीलाई । यसका लागि म क्षमा माग्न चाहन्छु ।’ पत्रकारले फेरि भने–‘कृपया तपाईंहरुका लागि हामीले रातदिन नभनी काम गरेका छौं । कृपया तपाईंहरुले हाम्रो पनि सम्मान गरिदिनुहोला ।’

पत्रकारको कुरा सुनेपछि आँचलले भनिन्–‘दाल भात तरकारीको समयमा अरु विषयमा कुरा नगरौं भन्ने लागेर म नबोलेकी हुँ । म पत्रकारको सम्मान गर्न चाहन्छु । मलाई माफ गरिदिनुहोला ।’ चलचित्र ‘दाल भात तरकारी’का निर्माता किरण केसीले आफूले पत्रकारको अगाडि कसैलाई बोल, कसैलाई नबोल नभनेको समेत स्पष्ट पारे । केहि समय अघि अभिनेत्री आँचल शर्माले आफूलाई चलचित्र यूनिटले नबोल्न भनेको भन्ने खबर सार्वजनिक भएको थियो । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्