मिस्टर एन्ड मिस टिन शेर्पा

नारी संवाददाता

माघ १२, २०७५

गौतम बुद्ध फिल्म्सको ब्यानरमा काठमाडौंमा सम्पन्न मिस्टर एन्ड मिस टिन शेर्पा–२०१९ को उपाधि तेन्जिङ क्षिरिङ शेर्पा तथा मिङ्मा ल्हामु शेर्पाले जितेका छन् ।

प्रतियोगितामा तेन्जिङले फ्रेन्डसिप एवार्ड पनि प्राप्त गरे भने मिङ्माले पङ्चुयालिटी र मल्टिमिडिया एवार्ड जित्न सफल भइन् । मिस्टरतर्फ फस्ट रनर्सतर्फ क्षिरिङ शेर्पा तथा मिसतर्फ छोडेन शेर्पा भए ।

यसैगरी क्षिरिङले ट्यालेन्ट तथा डिसिप्लिन विधाको एवार्ड पनि उचाले भने छोडेनले पर्सनालिटी एवार्ड आफ्नो नाममा सुरक्षित गरिन् । उक्त प्रतिस्पर्धामा मिस्टरतर्फ टासी क्षिरिङ शेर्पा तथा मिसतर्फ ङिमाली शेर्पा सेकेन्ड रनर्सअप घोषित भएका थिए । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्