एवार्ड कार्यक्रममा फेसन

नारी संवाददाता

माघ ५, २०७५

एससीडब्लूसी नेपाल वेष्ट वुमन इन्टरप्रेनर–२०१८ एवार्ड कार्यक्रमको प्रमुख आकर्षण रह्यो— फेसन शो । जसमा नमुना कलेज अफ टेक्नोलोजीका विद्यार्थी डिजाइनर, कलिस्टो डिजाइन्सका अनु श्रेष्ठ तथा स्वनिग: डिजाइन्सका सरिता तुलाधरले तयार पारेका पहिरनहरू प्रदर्शन गरिएका थिए ।

उक्त अवसरमा नेपाल नटक्राफ्ट सेन्टरकी अध्यक्ष श्यामवदन श्रेष्ठ उत्कृष्ट इन्टरप्रेनर घोषित भएकी थिइन् । श्रेष्ठले अब श्रीलंकाको कोलम्बोमा आयोजना हुने सार्क महिला उद्यमी पुरस्कार— २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्