आइसीको रेड सो

नारी संवाददाता

पुस १८, २०७५

गत आइतबार चण्डोलस्थित कुुन्डलिनी क्लब पृथक डिजाइनका राता पहिरनले दुलहीजस्तै सजिएको थियो र अवसर थियो— आइसी ट्रेनिङ  इन्स्टिच्युट तथा आइसी आर्ट अफ फेशन कलेजले प्रत्येक वर्ष आयोजना गर्ने रेड फेसन शोको ।

 

रेड शोमा यो बर्ष पनि विद्यार्थी, मोडल, फेसन डिजाइनरहरूको प्रस्तुुति पृथक रह्यो । फेसन शोमा स्कुल र कलेजका गरी २ सय ८८ जना फेसन डिजाइनर तथा ९३ जना इन्टेरियर डिजाइनरले फरक थिमका राता पहिरनमा प्रस्तुुति दिएका थिए ।

 विभिन्न समूहमा दिइएको प्रस्तुुतिको आधारमा उत्कृष्ट चार विधामा विजेताका साथै अपकमिङ डिजाइनर छनौट गरिएको थियो ।  

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्