पर्सामा प्रदेश स्तरीय महिला अधिकार मञ्च गठन

नारी संवाददाता

मंसिर २६, २०७५  

पर्सामा प्रदेश स्तरीय महिला अधिकार मञ्च गठन भएको छ । वीरगंजको टाउन हलमा आवा सेतु सिंहको अध्यक्षतामा १३ सदस्य महिला अधिकार मञ्च गठन भएको हो ।

प्रदेश नम्बर २ को विभिन्न जिल्लाबाट सहभागिता जनाएका महिलाहरुको भेलाले महिला अधिकार मञ्चको उपाध्यक्षमा सुभद्रा महत्तो, सचिवमा मालती श्रेष्ठ, सह सचिवमा रेनु शाह, कोषाध्यक्षमा फुलपति देवी र सदस्यहरुमा विनिता दाहाल, लालवती कवाड, प्रभा शाह, रिक्मा विश्वकर्मा, ललिता दास, आष देवी शाह, रामकली ठकुरी लगाएतका रहेका छन् ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका उप मेयर शान्ति कार्कीले महिलाहरुले अधिकार नपाए खोसेर लिनुपर्ने बताएकी छन् । उनले महिलाहरुलाई आरक्षणमा पनी मुख्य नेतृत्व तहमा व्यवस्था गर्नुपर्ने बताएकी थिईन् ।

कार्यक्रममा संस्थाको स्थापना बारे बौल्दै संस्थापक अध्यक्ष सरिता श्रेष्ठले आमा समुह गठन हुँदा घर परिवारमा हुने महिला हिंसाका घटनाहरु बहिर आउने गर्दथ्यो त्यसैलाई संस्थागत र पिडित महिलालाई न्याय दिलाउनका लागी महिला अधिकार मञ्च संस्थाको गठन भएको बताएकी थिईन् ।

यसैगरी महिला अधिकारकर्मी विमला घिमिरेले महिला अधिकार मञ्चमा आवद्ध भएपछी पहिला पहिला परिचय गर्न नसक्ने अवस्थामा थियो भने अहिले सिप सिकेर नेतृत्व गर्न सक्ने अवस्थामा पुगेको बताएकी थिईन् ।

कार्यक्रममा द्विव्य यूवा क्लबका कार्यक्रम प्रमुख रामकान्त पटेल, संस्थापक अध्यक्ष सरिता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । महिला अधिकार मञ्चकी रेनुका मल्ल ठकुरीको अध्यक्षतामा समपन्न कार्यक्रमको सहजीकरण महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य तिला नेपालले गरेकी थिईन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्