टुँडिखेलमा नाँच्दै स्वस्तिमा खड्का

नारी संवाददाता

मंसिर १६, २०७५  

मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गर्ने भएकी छिन् । उक्त कार्यक्रममा स्विस्तिमासँगै नेपाली गीत/संगीत तथा चलचित्र क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वल्र्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ ।

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफनो प्रस्तुती राख्नेछन् ।

उनीहरुसंगै २ दर्जनबढी कलाकारको उपस्थिती रहने उक्त कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुने शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्