रंगको एलर्जी

- रिना शाक्य, ब्युटिसियन

कार्तिक १६, २०७५

    कसै–कसैलाई रंगको एलर्जी हुन्छ ।

    तिहारमा धेरै थरीका रंग निधारमा पर्ने हुँदा यदि आफूलाई यो समस्या छ भने समयमै ध्यान पुर्‍याउनुपर्छ ।

    रंगद्वारा स्किन एलर्जी हुनेहरूले सफा–सादा पानीले अनुहार धोएर स्किन बेस टोनर, मोस्चराइजर वा प्राइमर लगाइहाल्नुपर्छ ।

    त्यसपछि रंगीन टीका लगाउँदा छालामा नकारात्मक असर पर्दैन र सुरक्षित रहन सकिन्छ ।

    यदि यसो गर्दा पनि एलर्जी देखिएको खण्डमा बजारमा उपलब्ध कृत्रिम मल्टिकलर टीका प्रयोग गर्न सकिन्छ ।

 टीकाले धेरै नै एलर्जी भएको छ भने चिकित्सकको सल्लाहअनुरूप औषधि प्रयोग गर्नुपर्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्