बालुसाही

नारी संवाददाता

कार्तिक १६, २०७५

सामग्री : मैदा १ किलो, खाने सोडा १० ग्राम, कागतीको रस १० ग्राम, पानी आवश्यकताअनुसार ।

विधि : पानी, मैदा, सोडा तथा कागतीको रस हालेर मैदाको डल्लो बनाउने र उक्त डल्लालाई ५० ग्राममा बराबर गरी छुट्याउने । ती डल्लालाई तातो घिउमा तार्ने र पाकेपछि तात्तातो चास्नीमा १ मिनेटसम्म डुबाउने । चिनी र पानी बराबर हालेर चास्नी बनाउनुपर्छ ।

लालमोहन

सामग्री : खुवा १ केजी, मैदा १ सय ५० ग्राम, कर्नफ्लोर ५० ग्राम, चीज १ सय ग्राम, अलैंची ५ ग्राम, तेल ५० ग्राम, चिनी २ किलो, पानी २ लिटर ।

विधि : खुवा, चिनी, कर्नफ्लोर, सुजी, तेल तथा अलैंचीको धूलोलाई एक ठाउँमा मुछ्ने । तयार भएको पिठोलाई २०/२० ग्रामको छुट्टाछुट्टै डल्ला बनाएर मधुरो घिउमा फ्राई गर्ने । फ्राई भएको डल्लालाई तातो चास्नीमा डुबाउने ।  

मथुरा पेडा

सामग्री : दूध १ लिटर, चिनी ३ सय ग्राम, घिउ १ सय ग्राम ।

विधि: दूधलाई उमाल्ने, उम्लिएको दूधमा चिनी हालेर पकाउँदै जाने । आधा घन्टाजतिमा दूध ठोस पदार्थमा परिणत भएपछि घिउ हाल्ने । त्यसपछि ठोस (खुवा) रातो हुने गरी पकाउने र सेलाउन दिने । २५ ग्रामका दरले विभाजन गरी गोलो बनाएर डल्लालाई बूढी औँला वा चोर औंलाले दबाउने अनि यसलाई प्लेटमा सजाएर राख्ने ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्