पिंक बुर्टस मोजितो

नारी संवाददाता

कार्तिक १३, २०७५ पिंक बुर्टस मोजितो

सामग्री : ६ वटा रस निकालेको कागतीको झोल, सुगर सिरप ४५ मिलिलिटर, क्रेनबेरी जुस ३० मिलिलिटर, ग्रेनाडिन सिरप, पुदिनाको पात १२ वटा तथा आइस ।

विधि : सेकरमा कागतीको रस, सुगर सिरप, क्राइनबेरी जुस, पुदिनाको पात हालेर राम्रोसँग सेक गर्ने । ठूलो ग्लासमा आइसका टुक्राहरू राख्ने । त्यसमा अघि मिक्स गरिएको जुस हाल्ने र ग्रेनाडिन सिरप खन्याउने । त्यसले यसको रंग पिंक बनाइदिन्छ । गार्नेसका लागि पुदिनाको पात राखिदिने ।

एप्पल ल्याक

सामग्री : एप्पल जुस ६० मिलिलिटर, कागतीको रस १ चम्चा, पुदिनाको पात ३ वटा, डाइस एप्पल २ टुक्रा, आधा काटिएको कागतीको ३ टुक्रा, आइस ५–६ टुक्रा, दालचिनीको धूलो २–३ ग्राम तथा सोडा ३० मिलिलिटर ।

विधि : पुदिनाको पात, एप्पल तथा कागतीलाई क्रमश: मिच्दै अर्थात् कुट्दै राख्ने । एउटा ग्लासमा आइसका टुक्राहरू हाली कुटेर राखिएको पुदिना, कागती तथा स्याउ हाल्ने । त्यसपछि एप्पल जुस राख्ने अनि माथिबाट सोडा खन्याउने । सर्भ गर्ने क्रममा माथिबाट दालचिनीको धूलो छर्किदिने ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्