मन्दिर जाँदा के लगाउने ?

  • तीजअघिको तयारी

- प्रा.डा. वीणा पौड्याल, संस्कृतिविद्

भाद्र २५, २०७५  

-    चोखो, सफा तथा सजिलो पहिरन लगाउनुपर्छ । भजन, पूजा, जप आदि गर्दा पहिरनमै ध्यान गएर एकाग्रता भङ्ग हुने खालका पहिरन लगाउनु हुँदैन ।

-    धेरै महँगो वा अरूको ध्यान आफूतिर तान्ने भड्किलो पहिरन लगाउनुहुँदैन ।

-    मौसमअनुसार हल्का, न्यानो तथा सुहाउँदो ढंगले शरीर छोप्ने पहिरन लगाउनुपर्छ । अनावश्यक रूपमा पहिरन प्रदर्शन गर्नुहुँदैन ।

-    कम खर्चमा पनि राम्रो एवं सजिलो पहिरन लगाए सुन्दर देखिन सकिन्छ ।

-    पर्वअनुसार पहिरनको रंग चयन गर्नुपर्छ भने हल्का गहना लगाउन सकिन्छ । सेमी प्रिसियस अथवा नक्कली गहना लगाएर भीडमा जाँदा सुरक्षित भइन्छ ।

-    भीडभाड अर्थात् मेलापातमा सहभागी हुँदा महँगा गहना लगाउनुहुँदैन ।

-    तीजका बेला धेरै लामो वा छोटो पहिरन लगाउनुहुँदैन । रातो, गुलाबी, सुन्तला तथा कलेजी तीजमा प्रयोग हुने रंग हुन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्