Teej banner

तीजअघिको तयारी

रुश्का बैद्य श्रेष्ठ

भाद्र २५, २०७५

व्रतका बेला कसरी दिनभरि फिट रहने ?

केही हप्तादेखि नै सन्तुलित भोजन सेवन गर्ने । प्रोटिनयुक्त खाना प्रशस्त मात्रामा खाने । त्यही खानाले शरीरलाई फुर्तिलो राख्छ र थकान कम गर्छ भने छाला तथा केशलाई स्वस्थ एवं सुन्दर बनाउँछ । त्यसैगरी भिटामिन ई, ओमेगा ६ तथा आइरनयुक्त खाना पनि खानुपर्छ । दिनहुँ बिहान खाली पेटमा भिजाएको बदाम ५–६ वटा तथा गाजरको जुस सेवन गर्ने ।

केशलाई आकर्षक बनाउन के गर्नुपर्छ ?

केराटिन वा प्रोटिनयुक्त स्याम्पुले नुहाउँदा केश बलियो एवं स्वस्थ हुन्छ । हप्तामा एकपटक भए पनि हट आयल मसाज गर्ने । हेयर कलरिङ तथा हेयर कटिङ भने तीजभन्दा हप्ता–दस दिनअघि नै गर्नुपर्छ । यदि केश सुख्खा र ड्यामेज छ भने महिना दिनअघि नै हेयर स्पा गराउनुपर्छ । हेयर स्पा ४ हप्तासम्म लगातार गराउनुपर्छ जसले तीजको समयमा केशलाई आकर्षक बनाइसक्छ । नुहाएपछि सधै ओयल सिरम लगाउनुपर्छ ।

 

अनुहारको छालाको स्याहार कसरी गर्ने ?

महिना दिनअघिदेखि नै प्रत्येक हप्ता अनुहारमा ग्लो फेसप्याक लगाउने । छालालाई नर्मल अनि हेल्दी बनाउन प्रत्येक रात भिटामिन ई वा नाइट मोइस्चराइजर क्रिम लगाउने । मेकअपलाई लामो समयसम्म टिकाउन दिनहुँ छालालाई क्लिन्जिङ, टोनिङ तथा मोइस्चराइजिङ गर्नुपर्छ । मृतकोषहरू हटाउन गोल्ड स्क्रब, वालनट स्क्रब वा ओप्रिकोट स्क्रबलाई हप्ताको एकपटक प्रयोग गर्ने ।

हातखुट्टालाई आकर्षक एवं मजबुत बनाउन के गर्नुपर्छ ?

तीजका दिन खाली खुट्टा हिँड्दा खुट्टा ड्राई हुन्छ । त्यसैले १ महिनाअघिदेखि नै खुट्टाको स्याहार गर्नुपर्छ । खुट्टालाई दिनहुँ स्क्रब वा स्क्रब साबुनले धुने र बडी क्रिम लगाउने । मेनिकेयर तथा पेडिकेयर १५ दिनमा १ पटक गर्ने । खुट्टाको कुर्कुच्चा सुख्खा नहोस् तथा नफुटोस् भनेर दिनहुँ हिल रिपेयर क्रिम लगाउने । नङ बलियो बनाउन क्युटिकल ओयल एवं क्युटिकल क्रिम लगाउने । राम्रो र सफा राख्न नङमा ब्लिच गर्ने । तीजअघि नै नङलाई सेप र साइज दिने । नङ राम्रा नभए जेल नेल एक्सटेन्सन वा नेल एक्सटेन्सन गराउन सकिन्छ । हात सुन्दर राख्न दिनको २–३ पटक ह्यान्ड क्रिम लगाउने ।आइटीसी ब्युटिपार्लर तथा

ट्रेनिङ सेन्टर नक्साल

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्