Teej banner

बुवाकै व्यवसायमा सबै छोरी

नारी संवाददाता

भाद्र २२, २०७५

दीपा धमला, आर्किटेक्ट

बुवा मुक्तिनाथ धमला, विजनेसम्यान

सानैदेखि हामी तीनैजना दिदीबहिनी बुवासँग बढी क्लोज थियौं । तीनैजनालाई समान रूपमा माया गर्ने बुवाप्रति हामीलाई बढी विश्वास थियो । छोरीहरूले कुनै गलत काम गर्दैनन्, जे गर्छन् सही गर्छन् भन्ने बुवाको विश्वासकै कारण मलाई सधैं डर हुन्थ्यो । कतै कुनै काम, कुराले बुवालाई दु:ख लाग्ने हो कि ? बुवाले हामीलाई पढाइदेखि कुनै पनि कुरामा कहिल्यै फोर्स गर्नु भएन । मलाई अझै पनि सम्झना छ, बहिनीले कम नम्बर ल्याएर स्कुलमा बोलाउँदा उसले जति पढ्न सक्छे पढेकी छे । त्यसभन्दा बढी पढाउनु छैन भनेर आउनुभएको क्षण ।

हामी सबैको एउटै साझा सपना नै बुवाको सपना पूरा गर्ने हो । उहाँको एउटै सपना थियो, हामी सबै एकठाउँमा रहेर फेमिली बिजनेस गर्ने । बुवा र मेरो अनुहार पनि ठ्याक्कै मिल्ने, आफन्तहरूले माइली त ठ्याक्कै बुवाजस्तै रैछ, सारै भाग्यमानी हुन्छे भन्दा म दङ्ग पर्थें । म एसएलसीपछि आर्किटेक्ट पढ्न तम्सिएँ । बुवाको इन्टेरियर विजनेस भएकैले मैले आर्किटेक्ट विषय रोजेकी हुँ । मेरो पढाइ सकिएपछि बुवाले सँगै काम गराउनु भएन । मेरा लागि छुट्टै अफिस खोलिदिनुभयो । आफैले जिम्मा लिएर काम सम्हालेपछि जिम्मेवारी बहन गर्ने क्षमता बढ्छ र परिपक्व हुन्छे भन्ने उहाँको सोच थियो जुन सही साबित पनि भयो । हालसालै हाम्रो एउटै अफिस भएको छ ।

अहिले म डिजाइनिङ पार्ट हेर्छु भने दिदीले लेखा तथा प्रशासन हेर्नुहुन्छ । बहिनी अमेरिकामा पढ्दैछिन्, छिट्टै नेपाल आएर बुवाकै अफिसमा काम गर्नेछिन् । मैले काम गर्ने ऊर्जा बुवाकै सक्रियताबाट पाइरहेकी छु । ६० वर्ष भैसक्दा पनि कामप्रति त्यति नै जागरुकता देखेर ममा चुनौतीहरू थपिन्छन् । पहिले बुवा मेरा लागि पहिरन छानिदिनुहुन्थ्यो भने अहिले बुवा मेरो च्वाइसमा पहिरन लगाउनुहुन्छ । धेरै कुरा मिले पनि बुवाको र मेरो केही बानी भने ठ्याक्कै उल्टो छ । बुवा छिट्टै रिसाउने, चर्काे स्वरमा कराउने तर म सानो स्वरले बोल्ने र कमै रिसाउने । हामी प्राय: सँगै डिनर गर्छौं र त्यसमा बढी कामकै कुरामा छलफल हुन्छ । विवाहपछि पनि मेरो बुबासँग बढी कुरा मिल्छ र कुरा गरिरहेकै हुन्छु ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्