प्रितीको तीज गीत

नारी संवाददाता

भाद्र २१, २०७५

तीज पर्व नजिकिदै गर्दा तीजका गीत निस्कने क्रम भने निक्कै पालतो भैसकेको छ । यतिबेला तीजलाई लक्षित गरि सार्वजनिक गरेका गीतहरुले बजारमा आफ्नै खालको स्थान बनाइरहेका छन् । कतिपय गीत चर्चाको शिखरमा छन् भने कतिपय गीत आए गए स्रोताले थाहासम्म पाउन सकेका छैनन् ।

यहि मेलोमा गीतकार प्रीति आत्रेय ज्ञवालीको तीज गीत भने ठिककै चर्चाका साथ बजारमा छ । उनले केहि समय अघि सार्वजनिक गरेको ‘आफ्नो त घर छ माइतीघर तिर’मा गायिका मेलिना राईले आवाज भरेकी छिन् ।

लक्ष्मण शेषले संगीत भरेको गीतको म्यूजिक भिडियोमा भने अनु शाहले अभिनय गरेकी छिन् ।  म्यूजिक भिडियो निर्देशन भने गीतकार लोकराज अधिकारीले गरेका हुन् ।

गीतको म्यूजिक भिडियो :

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्