Teej banner

मिस टुरिजम विजेता मनिता

नारी संवाददाता

भाद्र १३, २०७५

राजधानीको लैनचौर स्थित होटल मल्लमा सम्पन्न मिस टुरिजम २०१८’ उपाधि भक्तपुरकी मनिता पौडेलले जित्न सफल भएकी छिन् । प्रतियोगितामा मनिताले फोटोजेनिक विधाको अवार्ड सहित विजेताका रुपमा नगद पुरस्कार पचास हजार पनि प्राप्त गरिन् ।

प्रतियोगिताको फस्ट रनर अपको उपाधी प्रकृति ढकालले र श्रुती थापाले सेकेण्ड रनर अप उपाधि जित्दै क्रमश:  ३० हजार र  २० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा दिक्षा श्रेष्ठ इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाईस र स्माईल, प्रकृति ढकाल ट्यालेन्ट र डिसिप्लिन, संगीता थापा फिगर, सृजना घिमिरे फ्रेण्डसिप, श्रृति थापा पर्सनालिटी, सगुन अधिकारी वेष्ट वाक विधामा विजेता चयन गरिएका थिए ।

प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने, पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले प्वाइन्ट मिडिया प्रा.लि.ले आयोजना गरेको हो ।  

 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्