Teej banner

मिस हिमालय नेपाल

नारी संवाददाता

भाद्र १३, २०७५

यो वर्षको मिस हिमालयको शिर्ष उपाधि संखुवासभाकी सञ्जु गुरुङले उचालेकी छिन् । उनले आफ्ना १५ प्रतियोगीलाई पछि पार्दै उपाधि सहित स्कुटर प्राप्त गरेकी छिन् । यो उपाधिसँगै उनले अमेरिकामा हुने न्युयोर्क फेसन नामक कार्यक्रममा सहभागि हुने अवसर समेत प्राप्त गरेकी छिन् । उनी प्रतियोगितामा पर्सनालिटी र मल्टिमिडिया च्वाइस विधातर्फ पनि विजेता बनिन् ।

कथा ईभेन्ट्सको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा रक्षा आचार्य फस्ट रनर अप तथा रिजा महर्जन सेकेन्ड रनर अप छनौट भएका थिए । उनीहरुले क्रमश: ५० हजार तथा ३५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा मोनिका बजाजले भ्युअर च्वाइस, सम्झना गुरुङले फ्रेन्डली, अस्मिता क्षेत्रीले मस्ट क्रियटिभ,सलिना श्रेष्ठले मस्ट कन्फीडेन्ट, सेन्जल पौडेलले बेस्ट वाक अन्जली रसाइलीले वेस्ट फिगर तथा प्रतिमा बूढा मगरले मस्ट ट्यालेन्टको उपाधि प्राप्त गर्न सफल भएका थिए ।  

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्