संगीताका तीज गीत

नारी संवाददाता

भाद्र १२, २०७५

महिला विशेषको पर्व तीज नजिकिदै गर्दा तीज गीत भने निस्कने क्रम निक्कै पातलो भैसकेको छ । ३ महिना अगावै निस्कन सुरु भएका गीतहरु अहिलेसम्म केहि चर्चामा छन् । कति हराइनै सके । यहि मेसोमा गायिका संगीता तिमल्सिनाका केहि तीज गीतहरु सार्वजनिक भएका छन् । यो वर्ष उनले ३ गीतमा आफ्नो स्वर दिन भ्याएकी छिन् ।

संगीताले ‘पार्वतीको पाई’बोलको गीत गायक सरोज लामिछानेसँग गाएकी छिन् । उक्त गीतमा दिनेश सुवेदीको शब्द रहेको छ ।  मौसम हिमालीको निर्देशनमा बनेको यस गीतको भिडियोमा सरोज दाहाल, सर्मिला नेपाललगायतले अभियन गरेका छन् ।

त्यस्तै, ‘सिफनको साडी..’ बोलको गीत गाएकी छिन् । गीतमा शशीविक्रम थापाको शब्द तथा संगीत रहेको छ । यो गीतमा अभिनेत्री सुभेक्षा थापा, रश्मी भट्ट, ज्योती बुढाथोकी, संगीता मगर, कुमार गजुरेल, सचिन गौतम, जीवन थापालगायतले अभिनय गरेका छन् । यो गीतलाई गौरव गिरीले निर्देशन गरेका हुन् ।

गायिका संगीता तिमल्सिना र गायक जीवन परियारको स्वर रहेको अर्को तीज गीतको बोल छ– ‘हस्पिटल जिन्दावाद ।’ जुना मगर र निर्मल क्षेत्री मोडल रहेको यो गीतमा शब्द सुमन श्रापितको, संगीत बिबि अनुरागीको र निर्देशन प्रकाश क्षेत्रीको रहेको छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्