पोटाटो चिप्स

शीतल श्रेष्ठ

श्रावण २७, २०७५

सामग्री : आलु २ वटा, तेल डिप फ्राइका लागि, नुन–खुर्सानी स्वादअनुसार ।

विधि : आलुको बोक्रा ताछेर पातलो स्लाइस बनाउने अनि डिप फ्राइ गरी निकाल्ने । सर्भ गर्दा हल्का नुन–खुर्सानीको धूलो छरिदिने ।

पनिर एन्ड चीज स्टिक

सामग्री : पनिर २ सय ग्राम, चीज ५० ग्राम, मैदा २० ग्राम, नुन स्वादअनुसार, मरिच थोरै, अण्डा १ वटा, ब्रेडकम २० ग्राम ।

विधि : पनिरलाई कोर्ने । कोरिएको पनिरमा मैदा, नुन तथा पेपर हालेर मुछ्ने । त्यसलाई डल्लो बनाएर भित्र चीज हाल्ने । अण्डालाई एउटा भाँडामा फिटेर राख्ने । डल्लालाई ब्रेडकममा लटपटाएर अण्डाको झोलमा डुबाउँदै डिप फ्राइ गर्ने । यसलाई पुदिनाको अचारसँग खान सकिन्छ ।

                                                                               - अर्गानिक चुल्हो, बत्तीसपुतली

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्